
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०४ बैशाख । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा चैत ३० गते लाखौं मूल्य बराबरको विभिन्न प्रकारका सामानहरु बरामद गरि बिहीबार बीरगंज भन्सारमा दाखिला गरेका छन् ।

उक्त दिन वीरगंज महानगरपालिका वडा नं. ०२, छप्कैया गाउँ स्थित भारत बाट अबैध रुपमा भन्सार छलि सामान नेपाल तर्फ ल्याई उक्त गाँउको गल्लीमा बेवारिसे अवस्थामा भण्डारण गरी राखिएको अवस्था बाट त्यहाँ बाट खटिगएको बिशेष टोलीले भन्सार दाखिला मुल्य रु. २१ लाख १६ हजार १ सय बराबरको जुत्ता, चप्पल, काजु, मरिच र मानिसले प्रयोग गर्ने विभिन्न नर्मल औषधीहरु बरामद गरी बुझाईएको कुरा सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहले बताएका छन् ।