
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २४ जेष्ठ । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण मुख्यालय, पर्साले आज एक्का बिहानै पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं. ०५, डकैला चौक बाट तीन वटा भारतिय नम्बरको मोटरसाईकल सहित ७५ कार्टुन प्रतिबन्धित भारतिय कुखुराको चल्ला बरामद गरेको छ ।

शनिबार बिहानै त्यहाँ बाट खटिएको टोलिले उल्लेखित स्थानबाट भारतबाट अबैध रुपमा चोरी पैठारी गरी ३ वटा भारतिय नं. प्लेटको मो.सा.मा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको ७५ काटुन ( ७५०० गोटा ) प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पुरा गरी स्थानीय जन प्रतिनिधी, संचारकर्मी तथा क्वारेनटाईन कार्यालयका प्रतिनिधिहरुको रोहरबरमा नं.१३ गण परिसर भित्र नष्ट गरिएको र उक्त चल्ला पैठारी कार्यमा प्रयोग भएका तिनवटा मोटरसाईकल आवश्यक कारवाहिका लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको कुरा सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सर्वेन्द्र बहादुर सिंहले बताएका छन् ।