दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ३० असोज । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगञ्ज ले बुधबार राति करिब १०:२० बजेको समयमा बीरगंज महानगरपालिका वडा नं. १६, भन्सार कार्यालय पछाडी मन्दिर छेउ बाट प्रतिवन्धित लागु औषध गाँजा सहित एक जना भारतीय नागरिकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
उक्त राति त्यहाँ बाट सशस्त्र प्रहरी हवल्दार तेजेन्द्र बस्नेतको कमाण्डमा खटिएको ५ जनाको टोलीले चेक जाँच गर्ने क्रममा बीरगंज बाट रक्सौल तर्फ पैदल जाँदै गरेको अवस्थामा भारतको पटना बस्ने बर्ष ७० को ब्रम्ह सहनीलाई चेक जाँच गर्दा निजले बोकेको झोला भित्र प्लाष्टिक र टेपले बेरी लुकाई छिपाई ल्याएको अवैध लागु औषध गाँजा अंदाजी ६ किलो ग्राम फेला परेको हुँदा निजलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वडा प्रहरी कार्यालय बिर्ता, पर्सामा बुझाइएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कार्की ले आज बताएका छन् ।









