दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०८ साउन । सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण मुख्यालय, पर्सा ले सोमबार राति करिब ०१:५० बजेको समयमा बीरगंज महानगरपालिका वडा नं. ०८, घण्टाघर चोक बाट त्यहाँ बाट खटिएको सशस्त्र प्रहरी टोलीले शंकास्पद चार वटा मालबाहक ट्रक लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

बीरगंजबाट पथलैया तर्फ जाँदै गरेको ना. २ ख ९४९१ नम्बरको ट्रकमा बिल बिजकमा उल्लेख भएको रकम रु. ९५ लाख ०२ हजार ५ सय ५१, ना. ४ ख ८३३४ नम्बरको ट्रकमा बिल बिजकमा उल्लेख भएको रकम रु. ५७ लाख ५६ हजार ६ सय ९२, ना. ३ ख १००९ नम्बरको ट्रकमा बिल बिजकमा उल्लेख भएको रकम रु. ८४ लाख ०९ हजार ३ सय ३८ तथा ना. ३ ख ८०३९ नम्बरको ट्रकमा बिल बिजकमा उल्लेख भएको रकम रु. २४ लाख ६६ हजार ८ सय ७७ भन्दा बढि माल सामान लोड भएको आशंकामा मुल्य अभिवृद्धि कर समेत जम्मा मुल्य रु. १ करोड ९८ लाख २० हजार ३ सय १५ बराबरको सामानहरु सहित ४ वटा मालबाहक ट्रकहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा मा पठाईएको कुरा गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया ले बताएका छन् ।