दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २६ चैत । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज ले आज बीरगंज महानगरपालिका वडा नं. १६, भन्सार मेन गेट स्थित श्रोत नखुलेको रु. ६ लाख सहित एक जना महिला लाई आफ्नो नियन्त्रणमा लिएको छ ।
आज दिउँसो ०१:३० बजेको समयमा त्यहाँ बाट खटिएको चेक प्वाईन्ट टोलिले चेक जाँच गर्ने क्रममा भारत बाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा बीरगंज महानगरपालिका वडा नं. १६, नगवा बस्ने अंदाजी बर्ष ३७ की मालति देवि सोनारको साथ बाट श्रोत नखुलेको नेपाली नगद रु. १ हजारको दरको नोट ६ सय थान गरि जम्मा रु. ६ लाख सहित निज लाई आवश्यक कारबाहीको लागी बिरगंज भन्सार कार्यालय मा बुझाइएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले बताएका छन् ।