दीपेन्द्र प्रजापति/कालो झोला ।

सर्लाही, ०३ भाद्र । सशस्त्र प्रहरी बल नेपाल नं. १० गण मुख्यालय, सर्लाही मातहत रहेको सशस्त्र प्रहरी बल नेपाल बी. ओ. पी. संग्रमपुर ले विशेष सूचनाको आधारमा शनिबार राति करिब ०७:५५ बजेको समयमा सर्लाही जिल्लाकै पर्स गाउँपालिका वडा नं. ०६ स्थित सीमा ईलाकाबाट हतियार सहित दुई जना व्यक्तिलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरी का बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाह का अनुसार उक्त दिन विशेष सूचनाप्राप्त हुना साथ त्यहाँ बाट खटिएको टोलीले चेकजाँच गर्दा भारतको ईनर्वा बाट नेपाल तर्फ आउँदै गरेको BR 19 GA 4141 नम्बरको भारतीय मोटरसाईकलमा सवार सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका वडा नं. ०६ बस्ने अन्दाजी वर्ष २० को प्रकाश यादव र सोही ठाउँ बस्ने अन्दाजी वर्ष २३ को जिवन राय यादवलाई चेकजाँच गर्ने क्रममा निजहरुले भित्रि बस्त्र र हेल्मेटमा लुकाई छिपाई राख्नेको अवस्थाम ७.६५ एम. एम. को पोस्तोल १ थान, त्यसको म्याग्जिन १ थान, त्यसमा प्रयोग हुने गोली १५ राउण्ड र कटुवा पेस्तोल १ थान, गोली ८ एम. एम. को ५ राउण्ड सहित रेडमि मोवाईल १ थान, भारतीय नगद रु. ७ हजार ४ सय, नेपाली नगद रु.१ सय ६० तथा भारतीय बैकको ए.टि.एम. १ थान बरामद पश्चात् नियन्त्रणमा लिइ हतियार व्यक्ति र निजहरूको साथमा रहेको सामानहरु समेत आवश्यक कानूनी कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय सर्लाही, मलंगवा मा बुझाएको कुरा आईतबार बाहिनीपति शाहले बताएका छन् ।