दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २४ माघ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा तथा मातहतका प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौं र बी. ओ. पी. ड्राई पोर्ट बाट खटिएको गस्ती टोलीले मंगलबार भारी मात्रामा प्याज सहित दुई वटा पिकअप गाडीलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन बीरगंज महानगरपालिका वडा नं. १९ स्थित अलाौं तथा वडा नं. २५ को ड्राई पोर्ट ईलाका बाट खटिएको गस्ति टोलीले आकस्मिक चेक जांच गर्ने क्रममा अबैधरूपमा भन्सार छलि प्रदेश २-०३ ००१ च ६२०३ र प्रदेश २-०३  ००१ च ५९३५ नम्बरको दुई वटा पिकअप गाडीमा ल्याउदै गरेको अवस्थामा नियन्त्रणमा लिई भन्सार दाखिला मूल्य रू. ४२ लाख २९ हजार ६ सय बराबरको दुई वटा पिकअप गाडी तथा त्यसमा लोड रहेको ५ हजार ७ सय ४० के.जि. प्याज  नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बिहीबार बिहान ०९.०० बजेको समयमा बिरगंज भन्सार कार्यालयमा बुझाएको कुरा सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले बताएका छन् ।