सहकारीमार्फत आलुको कारोबार

दमौली (तनहुँ), ५ साउन : कृषि ज्ञान केन्द्र तनहुँले आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेपछि जिल्लामा प्रशोधन योग्य आलु उत्पादनमा वृद्धि भएको छ । कार्यालयले चालु आर्थिक वर्षमा समुदायस्तरमा प्रशोधन योग्य आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेपछि जिल्लाका १२ सहकारीमार्फत रु एक करोड २१ लाखको आलुको कारोबार भएको छ ।

कार्यालयले आलु प्रवद्र्धन कार्यक्रमअन्तर्गत १२ सहकारीलाई रु एक करोड चार लाख ९५ हजार अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो । उक्त कार्यक्रमका लागि रु एक करोड ४० लाख विनियोजन गरिएको थियो । सहकारीलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदान दिइएको छ । सहकारीमार्फत एक हजार रोपनी क्षेत्रफलमा आलुखेती गरिएको र त्यसबाट पाँच सय २९ मेट्रिकटन प्रशोधनयोग्य आलु उत्पादन भएको प्रमुख लामिछानेले बताउनुभयो । सो कार्यक्रममार्फत सहकारीले प्रशोधनयोग्य ९१ दशमलव ८८ मेट्रिकटन बीउ खरिद गरी कृषकलाई वितरण गरिएको थियो । त्यस्तै १७ मिनीटिलर, ४८ स्प्रेयर, ६ डिजिटल तराजु, दुई ड्याङ बनाउने मेसिन तथा ९२ क्रेट खरिद गरिएको छ । यस्तै दुई सय ३५ मिटर पक्की कुलो निर्माण, एक हजार ६ सय ८३ मिटर पाइप तथा तीनवटा पम्प खरिद गरिएको छ । बाह्र सहकारीमार्फत सञ्चालित उक्त कार्यक्रमबाट चार सय ६० परिवार लाभान्वित भएका प्रमुख लामिछानेले बताउनुभयो । घिरिङ गाउँपालिका–१ को उर्भरा कृषि सहकारी संस्थालाई रु सात लाख २९ हजार, व्यास नगरपालिका–६ को श्याम्घा साना सिँचाइ कृषि सहकारी संस्थालाई रु ११ लाख ४९ हजार, व्यास–७ को स्थित चउर कृषक समूहलाई रु तीन लाख २९ हजार, व्यास–९ को कुसुमे उद्यमशील कृषक समूहलाई रु चार लाख ३० हजार, भानु नगरपालिका–५ को भानु सहकारी संस्थालाई रु तीन लाख ५८ हजार, भानु–७ को थानीमाइ कृषक समूहलाई रु दुई लाख ३४ हजार, भिमाद नगरपालिका–१ को डुम्रीबेंसी कृषि उत्पादक सहकारी संस्थालाई रु पाँच लाख ५८ हजार, भानु–८ को देउराली कृषक समूहलाई रु ६ लाख २१ हजार, भानु–५ को प्रतिज्ञा कृषि सहकारी संस्थालाई रु दुई लाख ९२ हजार तथा व्यास–९ को राजापानी कृषक समूहलाई रु नौ लाख ४४ हजार अनुदान दिइएको केन्द्रले जनाएको छ ।

  • Related Posts

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले अप्ठेरो परिस्थितिमा समेत फोटो पत्रकारहरूले निष्पक्ष ढङ्गले सत्य उजागर गर्ने कार्य…

    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    दीपेन्द्र प्रजापति/कालो झोला । बिरगंज, १३ बैशाख । बिरगंज महानगरपालिका वडा नं. २ मा सामुदायिक सेवा केन्द्र छपकैया द्वारा आयोजित तथा बिरगंज सामुदायिक आँखा अस्पतालको प्राबिधिकको सहयोगमा निशुल्क आँखा शिबिरमा…

    पहिलो

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    • April 26, 2025
    • 5 views
    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    • April 26, 2025
    • 16 views
    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

    • April 25, 2025
    • 20 views
    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

    वीरगंजमा महानगर र व्यवसायी बीच सहमति, विद्यालय–अस्पताल आसपासमा पान गुट्का तथा सुर्तीजन्य पदार्थ विक्रिमा कडाई-

    • April 23, 2025
    • 41 views
    वीरगंजमा महानगर र व्यवसायी बीच सहमति, विद्यालय–अस्पताल आसपासमा पान गुट्का तथा सुर्तीजन्य पदार्थ विक्रिमा कडाई-

    ‘सुरक्षित वीरगंज’ अभियानमा बैंकहरूको ऐक्यबद्धता – सिसि क्यामेरा जडानका लागि १७.७५ लाख सहयोग-

    • April 21, 2025
    • 30 views
    ‘सुरक्षित वीरगंज’ अभियानमा बैंकहरूको ऐक्यबद्धता – सिसि क्यामेरा जडानका लागि १७.७५ लाख सहयोग-

    वीरगंजलाई सुरक्षित बनाउन सि.सि. क्यामेरा संजाल विस्तारको अभियानमा बैंकहरुको सहयोग-

    • April 21, 2025
    • 43 views
    वीरगंजलाई सुरक्षित बनाउन सि.सि. क्यामेरा संजाल विस्तारको अभियानमा बैंकहरुको सहयोग-