सहकारी क्षेत्रका समस्या समाधान गर्न समन्वयात्मक रुपमा काम हुन्छ: मन्त्री अधिकारी

काठमाडौँ, ३१ असार: नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखापरेका समस्या समाधानका लागि समन्वयात्मक रुपमा काम गरिने बताउनुभएको छ ।

मन्त्रालयमा आज पदभार ग्रहण गरेपछि कर्मचारीलाई सम्बोधन गर्नुहुँदै उहाँले सहकारी बोर्डको स्रोत परिचालन गरी यस क्षेत्रको समस्या समाधानमा उपयोग गरिने बताउनुभयो । सहकारी क्षेत्रको समस्या समाधानका लागि नयाँ कानुन मस्यौदा गर्नेगरी तयारी गरिएको जानकारी पनि उहाँले दिनुभयो । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्यलाई २१ सहकारी बाँडफाँट गरी समस्या समाधान गर्न निर्देशन दिनुभएको थियो । गुठी समस्या समाधानका लागि कानुन बनाउने मन्त्री अधिकारीले जनाउनुभयो । भूमिसम्बन्धी समस्या समाधानका लागि गठन आदेश मस्यौदा गरी त्यसका आधारमा आयोग बनाउने तयारी गरिएको जानकारी पनि उहाँले गराउनुभयो । झापा जिल्ला गौरादह नगरपालिका–४ र ५ मा जग्गा दर्तामा देखिएको समस्या समाधानका लागि गठन आदेश गर्ने निणर्यमा हस्ताक्षर गरी पदभार ग्रहण गर्नुभएको हो । आजै राष्ट्रपति निवासमा पद तथा गोपनीयताको शपथ ग्रहणपछि मन्त्रालयमा पद बहाली गर्दै मन्त्री अधिकारीले भूमि क्षेत्रमा लामो समयदेखि रहेका समस्याको दीर्घकालीन समाधानका लागि ठोस योजनाका साथ अघि बढ्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ । करिब आठ हजार स्थानीयवासी भूमि अधिकारसँग जोडिएको महारानी झोडाको जग्गा विवाद समाधानका लागि पटक–पटक प्रयास भए पनि उक्त समस्या समाधान हुन सकेको थिएन । विभिन्न प्रशासनिक समस्याले समाधान हुन नसकेको उक्त समस्या समाधानका लागि मन्त्री अधिकारीले पहलकदमी लिने सोचका साथ पहिलो निणर्यमा हस्ताक्षर गर्नुभएको हो । पदबहालीपछि मन्त्री अधिकारीले मन्त्रालयका निकायलाई जनताले अनुभूत गर्नेगरी सेवाप्रवाह गर्न निर्देशनसमेत दिनुभयो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा समेत भूमि व्यवस्थामन्त्री रहनुभएका अधिकारीले दोस्रोपटक मन्त्री भएपछि भूमि आयोग गठन गरी एक वर्षमा पाँच लाख भूमिहीनलाई जग्गा वितरण गर्ने, सहकारी क्षेत्रका समस्याको ठोस समाधान गरी बचतकर्ताको बचत फिर्ता गर्ने र देशबाट गरिबी उन्मूलन गर्नेगरी पूर्ण रुपमा काम गर्न सबै सरोकारवालाबीच समन्वय र सक्रियता आवश्यक रहने बताउनुभयो । मन्त्रालयका निमित्त सचिव शिवप्रसाद रेग्मीले उहाँलाई मन्त्रालयका गतिविधिबारेमा जानकारी गराउनुभएको थियो ।

  • Related Posts

    वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, २९ बैशाख । वीरगंज महानगरपालिकाले सार्वजनिक स्थानहरूमा वर्षौंदेखि जथाभावी रूपमा थन्काइएका बेवारिसे सवारी साधन तथा संरचनाहरू हटाउने अभियानलाई थप तीव्र बनाएको छ । सडक, फुटपाथ…

    सहकारी सशक्तीकरणका लागि एक दिने कार्यशाला सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ बैशाख । अपरेटिभ म्यानेजर्स क्लब, पर्साको आयोजनामा तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड, बिरगंज शाखाको प्राविधिक सहयोगमा “नियमकिय निर्देशन र पुँजी पर्याप्तता: सिद्धान्त, गणना र…

    पहिलो

    वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र

    • May 12, 2025
    • 22 views
    वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र

    सहकारी सशक्तीकरणका लागि एक दिने कार्यशाला सम्पन्न-

    • May 10, 2025
    • 33 views
    सहकारी सशक्तीकरणका लागि एक दिने कार्यशाला सम्पन्न-

    महानगर र घरधनी बीच समझदारी: बहाल कर अब सम्पत्ति मालिक कै जिम्मेवारी-बहाल कर तिर्न घरधनीहरू नमाने, सेवा कटौति सहित मेयर सिंह द्वारा कारबाहीको चेतावनी-

    • May 8, 2025
    • 49 views
    महानगर र घरधनी बीच समझदारी: बहाल कर अब सम्पत्ति मालिक कै जिम्मेवारी-बहाल कर तिर्न घरधनीहरू नमाने, सेवा कटौति सहित मेयर सिंह द्वारा कारबाहीको चेतावनी-

    नयाँ बसपार्कमा जथाभावी पार्किङ अन्त्य गर्न महानगरको कडाई-

    • May 7, 2025
    • 36 views
    नयाँ बसपार्कमा जथाभावी पार्किङ अन्त्य गर्न महानगरको कडाई-

    वीरगंजमा होटल व्यवसायी र महानगर बीच छलफल : व्यवसाय दर्ता, कर प्रणाली र पर्यटकीय गतिविधि प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धता-

    • May 7, 2025
    • 37 views
    वीरगंजमा होटल व्यवसायी र महानगर बीच छलफल : व्यवसाय दर्ता, कर प्रणाली र पर्यटकीय गतिविधि प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धता-

    वीरगंजमा अव्यवस्थित कोइला डिपोहरू नियमनमा : महानगरको कडाई, वातावरणीय सरोकारलाई प्राथमिकता-

    • May 6, 2025
    • 36 views
    वीरगंजमा अव्यवस्थित कोइला डिपोहरू नियमनमा : महानगरको कडाई, वातावरणीय सरोकारलाई प्राथमिकता-