सहकारी सशक्तीकरणका लागि एक दिने कार्यशाला सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २७ बैशाख । अपरेटिभ म्यानेजर्स क्लब, पर्साको आयोजनामा तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड, बिरगंज शाखाको प्राविधिक सहयोगमा “नियमकिय निर्देशन र पुँजी पर्याप्तता: सिद्धान्त, गणना र कार्यान्वयन” विषयक १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। शनिबार पुजन होटल, बिरगंजमा आयोजित गोष्ठीमा पर्साका ७० जना प्रबन्धकहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रम क्लबका अध्यक्ष रविभूषण श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भएको हो भने राष्ट्रिय सहकारी बैंकका संचालक विश्वनाथ मण्डलले प्रमुख अतिथिको रूपमा गोष्ठी उद्घाटन गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बैंकका प्रमुख कार्यकारी अधिकृत विष्णु बराल, सल्लाहकारका रूपमा संस्थापक अध्यक्ष चन्देश्वर प्रसाद चौरसिया तथा निवर्तमान अध्यक्ष संजय कुमार महतोको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहकारी क्षेत्रको दीर्घकालीन वित्तीय सुदृढता, नियमन र पारदर्शिता अभिवृद्धिका लागि आवश्यक नियम, निर्देशन र पुँजी गणनाका विधिहरूबारे गहन प्रस्तुति तथा छलफल गरियो । शाखा प्रमुखले सहकारीको वर्तमान अवस्था र भविष्यका सम्भावनाहरू प्रस्तुत गर्दै सहकारी व्यवस्थापनमा बैंकको सहकार्य र सहयोग अझ सुदृढ बनाउने प्रतिवद्धता जनाए ।कार्यक्रम सञ्चालन प्रदीप कुमार लोहारले गरेका थिए। क्लबका सचिवद्वारा सहकारीहरूको सरोकार, समस्या तथा प्रशिक्षण आवश्यकताका बारेमा विवरण प्रस्तुत गरियो। सहभागीहरूले गोष्ठीलाई अत्यन्त उपयोगी र व्यवहारिक अनुभूति गरेका छन् ।

सहकारी व्यवस्थापनमा संलग्न व्यक्तिहरूबीच ज्ञान आदानप्रदान तथा नेटवर्क विस्तार गर्न गोष्ठी सफल ठहरिएको छ। अपरेटिभ म्यानेजर्स क्लब, पर्साले भविष्यमा यस्ता कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।यस्तो किसिमको कार्यशालाले सहकारीहरूको दक्षता, पारदर्शिता तथा स्थायित्वमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ असार । ११औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा, भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) द्वारा २१ जुन २०२५ मा नेपालको प्रवेश द्वार पर्सा जिल्लाको बीरगंज…

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, ०६ असार । हालै काठमाडौंमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई हस्तान्तरण गरिएको छ । सम्मेलनका आयोजक…

    पहिलो

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    • June 21, 2025
    • 49 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 116 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 156 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 95 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 142 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    • June 15, 2025
    • 101 views
    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-