साउदी लिगमा अल नासरको अपराजित यात्रा कायमै

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरको अपराजित यात्रा कायम रहेको छ । अल नासरले गएराती सम्पन्न खेलमा अल खालीजलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा जोआओ फेलिक्स, वेस्ली, साडियो माने र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । यस खेलमा रोनाल्डोले गरेको बाइस्कल गोल सामाजिक सञ्जालमा भाइरल समेत भएको छ । त्यस्तै अल खालीजका लागि मुराद अल हवसावीले गरेका थिए ।

यो जितसँगै अल नासर साउदी लिगको यस सिजनमा अपराजित रहेको छ । अल नासरको ९ खेलमा २७ अंक रहेको छ र शिर्ष स्थानमा कायम छ । त्यस्तै अल खालीजको ९ खेलमा १४ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।

  • Related Posts

    रोहित पौडेलले पाए एनपीएलमा कार पुरस्कार

    काठमाडौँ । रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको उत्कृष्ट खेलाडी बनेका छन् । लुम्बिनी लायन्सलाई एनपीएलको उपाधि दिलाएका कप्तान पौडेलले यस सिजनमा २७६ रन बनाएका थिए भने…

    राफिन्हाको दुई गोलमा बार्सिलोना विजयी

    काठमाडौँ ।  स्पेनिस ला लिगा अन्तर्गतको खेलमा बार्सिलोनाले ओसासुनालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई २-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा दुवै गोल राफिन्हाले…

    पहिलो

    मन्त्री सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी

    • December 14, 2025
    • 0 views
    मन्त्री सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी

    एमालेको बन्द सत्र शुरु

    • December 14, 2025
    • 8 views
    एमालेको बन्द सत्र शुरु

    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    • December 14, 2025
    • 2 views
    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    • December 14, 2025
    • 9 views
    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    • December 14, 2025
    • 12 views
    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    • December 14, 2025
    • 9 views
    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक