सागर ढकालले डडेल्धुराबासीसँग किन मागे माफी ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबासीसँग माफी मागेका छन् ।

डोटेली भाषामा सामाजिक सञ्जालमा लेख्दै ढकालले डडेल्धुराबासीको १३ हजार मतले देश बनाउन लागेको भन्दै ठुलो सपना देख्दा सानातिना गल्ति हुने भन्दै माफी मागेका हुन् ।

गुल्मी-२ बाट प्रतिनिधि सभाको उम्मेदवार समेत बनेका सागरले प्रचारको क्रममा अघिल्लो चुनावको अनुभव सुनाउने क्रममा डडेल्धुराका युवाले होटलमा ४०-५० हजारको रक्सि मासु खाइदिएको उल्लेख गरेको भिडियोप्रति उनको सामाजिक सञ्जालमा आलोचना भएको थियो । खासगरी डडेल्धुरा र सुदूरपश्चिममा यस क्षेत्रको अपमान गरेको भन्दै घटनाको विस्तृत विवरण सार्बजनिक गर्न माग भएको थियो ।

उनले भनेका छन्- ‘डडेलधुराका मान्सलाई धेरै-धेरै धन्यवाद। तमरो १३,०४२ मतले अब यो देश बन्नाउन लाग्या छ । ठुला सपना धेख्दा साना-तिना गल्ती हुनाइछन, माफ गरिदिया । तमरो माया कइलेइ नभुलुँलो । डडेलधुराबाटी गुल्मी जान लाग्या छु, फेरि छिट्टै भेटौँला ।’

  • Related Posts

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको दमकस्थित ईन्द्रेणी तालमा पुगेर मोटरबोट चढेका छन् ।  मंगलबार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा-५ उम्मेदवार समेत रहेका ओली दमकका मतदातासँग भेट गर्ने…

    पहिलो पार्टी बन्ने नेकपाको दाबि

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर प्रवक्ता अग्नि सापकोटाले पार्टी निर्वाचनमा पहिलो…

    पहिलो

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    • February 17, 2026
    • 9 views
    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 10 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 7 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 9 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 10 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 15 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ