साढे सात क्वीन्टल बढी गाँजा बरामद

मध्यविन्दु (नवलपरासी), १४ साउनः भारतीय कन्टेनरमा साढे सात क्वीन्टलभन्दा बढी गाँजा तस्करी गर्दै गरेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) बाट भारतीय ट्रक पक्राउ परेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत देवचुली नगरपालिका–२ हमाल चोकबाट गाँजा तस्करी गर्दै गरेका ट्रक र ट्रकलाई स्कटिङ गर्दै आइरहेको कारमा सवार दुई जनालाई पक्राउ गरिएको हो ।

प्रहरीले जाँच गर्ने क्रममा एनएल ०१ ५५४४ नम्बरको भारतीय कन्टेनरमा सामान राख्ने स्थान (क्यारी) र क्याबिनको बीच भागमा फल्स बटन बनाइ कन्टेनरको भित्ता जस्तै गरी वेल्डिङ गरेको भागलाई फोडेर हेर्दा २४ बोरामा सात सय ६९ किलोगाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताउनुभयो । ट्रकलाई स्कटिङ गरी आउँदै गरेको बागमती प्रदेश ०१–०२६–च ५१५९ नम्बरको कारलाई पनि नियन्त्रणमा लिइएको छ ।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार गाँजा बोकेको ट्रकका चालक चितवन जिल्ल राप्ति नगरपालिका–३ का ३३ वर्षका मदन लामा र राप्ति नगरपालिका–१ का ३२ वर्षीय दिनेश लामा पक्राउ परेका छन् ।

“गाँजासहितको भारतीय कन्टेनर पूर्वपश्चिम राजमार्ग हुँदै भारततर्फ जाँदै गरेको गोप्य सूचनाका आधारमा उक्त परिमाणमा गाँजा भेटिएको हो”, उहाँले भन्नुभयो ।

  • Related Posts

    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    काठमाडौं । विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा प्रस्तुत गरिएको ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियो । प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको…

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    पहिलो

    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    • June 24, 2025
    • 8 views
    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    • June 23, 2025
    • 96 views
    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    • June 21, 2025
    • 56 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 121 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 161 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 102 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-