सानिमा बैंकले गर्‍यो १५ मिलियन डलरको व्यापार ऋण सम्झौता

काठमाडौँ । सानिमा बैंक लिमिटेड र ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसी बिच १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार प्राप्त ऋण विशेष गरी जलविद्युत् आयोजनाहरूको निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको आयात तथा निर्माण प्रक्रियाका लागि कच्चा पदार्थहरूको खरिदमा प्रयोग गरिने बैंकले जनाएको छ । यस साझेदारीले आफ्नो ट्रेड फाइनान्स सर्भिसलाई महत्त्वपूर्ण योगदान पुर्‍याउने बैंकको अपेक्षा छ । 

सानिमा बैंकको तर्फबाट, प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्टका लगानी निर्देशक एडमिर इमामीले यस सम्झौतामा हस्ताक्षर गरिसकेका छन् । 

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरू तथा १२६ वटा ए.टि.एमहरु सञ्चालनमा रहेका छन् । 

  • Bishnu Timalsina

    Related Posts

    गौरीघाटमा वृहत् निःशुल्क स्वास्थ्य शिविर तथा चियापान कार्यक्रम सम्पन्न

    –   मुनामदन सिलवाल काठमाडौँ, फागुन १५ गते । महाशिवरात्रीको पावन अवसरमा गौरीघाट सुधार समितिको आयोजनमा गौरीघाटदेखि उमाकुण्ड हुँदै दक्षिणामूर्ति गोल्डेन गेटसम्मको रुट नं.–१को लाईन उत्तरढोका) सम्मको पशुपतिक्षेत्र विकास कोष स्वयम्…

    सुनको मूल्य उचाईमा, कतिमा हुँदैछ कारोबार ?

    फागुन १३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी…

    पहिलो

    सुरक्षा बेश, बहुअर्वा भाठ्ठा द्वारा ६४ के. जी. प्रतिबन्धित लागुऔषध गाँजा बरामद-

    • March 25, 2025
    • 45 views
    सुरक्षा बेश, बहुअर्वा भाठ्ठा द्वारा ६४ के. जी. प्रतिबन्धित लागुऔषध गाँजा बरामद-

    नयाँ वर्ष २०८२ को उपलक्ष्यमा वीरगंजमा रात्रि बजार संचालन गर्ने तयारी-

    • March 24, 2025
    • 46 views
    नयाँ वर्ष २०८२ को उपलक्ष्यमा वीरगंजमा रात्रि बजार संचालन गर्ने तयारी-

    वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा गौतम निर्वाचित-

    • March 23, 2025
    • 37 views
    वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा गौतम निर्वाचित-

    रमदानमा वीरगंज महानगर द्वारा इफ्तारको आयोजना-

    • March 21, 2025
    • 42 views
    रमदानमा वीरगंज महानगर द्वारा इफ्तारको आयोजना-

    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    • March 20, 2025
    • 59 views
    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    • March 19, 2025
    • 32 views
    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-