रोटरी क्लब अफ माउण्ट एभरेष्ट ललितपुरद्वारा विद्यालयलाई आर्थिक सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित सेवा परियोजनाको क्रममा, २०७९ मङ्सिर ७ गते रोटरी क्लब अफ माउण्ट एभरेष्ट ललितपुरका सदस्यहरूले गोरखा, भुम्लिकोट–६ स्थित श्री भद्रकाली माध्यमिक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरिएको छ

विद्यालयमा हाल १०५ जना छात्र तथा १०२ जना छात्रा अध्ययनरत छन्। यी मध्ये धेरै विद्यार्थीहरूलाई प्रत्येक दिन ३ देखि ४ घण्टा हिँडेर विद्यालय आउन–जान गर्नुपरिरहेको थियो, जसका कारण विगतका वर्षहरूमा विद्यार्थी सङ्ख्या घट्दो क्रममा थियो। यस समस्यालाई समाधान गर्न विद्यालयले केही वर्षदेखि आवासीय सुविधा सुरु गरेको छ, जसअन्तर्गत टाढाबाट आउने विद्यार्थीहरूलाई बस्ने कोठा तथा दैनिक भोजनको व्यवस्था गरिदैँ आएको छ। यस कार्यको प्रभाव स्पष्ट देखिएको छ—विद्यार्थी नामाङ्कन क्रमशः बढ्दै गएको छ र शैक्षिक नतिजा पनि उत्कृष्ट देखिएको छ।

गोरखा जिल्लास्थित यस विद्यालयलाई सहयोग गर्न पाउँदा रोटरी क्लब अफ माउण्ट एभरेष्ट ललितपुर अत्यन्तै गौरवान्वित छ। हाम्रो सहयोगले विद्यार्थीहरूले लामो दूरी हिँड्नुपर्ने समय बचत गर्न, अध्ययनमा बढी केन्द्रित हुन र आवास तथा भोजनको चिन्ता बिना गुणस्तरीय शिक्षा प्राप्त गर्न थप मद्दत पुग्ने विश्वास लिएको छ। प्रदान गरिएको आर्थिक सहयोगले विद्यार्थीहरूको दैनिक भोजन तथा अन्य आवासीय व्यवस्थामा योगदान पुर्‍याउनेछ।

आर्थिक सहयोगको चेक विद्यालय प्रशासनलाई नै विद्यालय परिसरमै क्लब अध्यक्ष रोटेरियन रवि लामिछाने तथा क्लब सचिव रोटेरियन सन्दीप अमिर कंसाकारले संयुक्त रूपमा हस्तान्तरण गरे। सो कार्यक्रममा डिष्ट्रीक्ट ३२९२ का असिस्टेन्ट गभर्नर रोटेरियन गौतम श्रेष्ठको समेत उपस्थित रहेको थियो।

  • Related Posts

    रवि को मुद्धाको पेसी न्यायाधीश विष्ट र पौडेलको इजलासमा

    बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि आज पनि पेसी तोकिएको छ ।  उच्च अदालत तुलसीपुर्को बुटवल…

    प्रधानमन्त्री कार्कीसँग सुदन गुरुङको भेट

    काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे…

    पहिलो

    सीमा सुरक्षा गुल्म सुवर्णपुर द्वारा ९१ किलो गाँजा बरामद-

    • December 11, 2025
    • 107 views
    सीमा सुरक्षा गुल्म सुवर्णपुर द्वारा ९१ किलो गाँजा बरामद-

    रवि को मुद्धाको पेसी न्यायाधीश विष्ट र पौडेलको इजलासमा

    • December 11, 2025
    • 6 views
    रवि को मुद्धाको पेसी न्यायाधीश विष्ट र पौडेलको इजलासमा

    ओलीलाई गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुन दिदैनौं- महेश बस्नेत

    • December 11, 2025
    • 9 views
    ओलीलाई गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुन दिदैनौं- महेश बस्नेत

    तोकिएको मापदण्ड अनुसार उम्मेदवार सिफारिश गर्न प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरुलाई काँग्रेसको निर्देशन

    • December 11, 2025
    • 12 views
    तोकिएको मापदण्ड अनुसार उम्मेदवार सिफारिश गर्न प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरुलाई काँग्रेसको निर्देशन

    नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेज बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता-

    • December 10, 2025
    • 106 views
    नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेज बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता-

    प्रधानमन्त्री कार्कीसँग सुदन गुरुङको भेट

    • December 10, 2025
    • 14 views
    प्रधानमन्त्री कार्कीसँग सुदन गुरुङको भेट