सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगर

काठमाडौँ महानगरले बालबालिकाहरुमा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्धन गर्न विद्यालयहरुमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यसको प्रारम्भ ४ वटा सामुदायिक विद्यालयहरुमा नमूना कार्यक्रममार्फत हुनेछ । बुधबार  ‘साना डाक्टर सम्बन्धी १ दिने कार्यशाला’मा यसको अवधारणा, कार्यक्रम सञ्चालन रणनीतिका विषयमा छलफल भएको छ । 

कार्यशालामा जनप्रतिनिधिहरु, शिक्षा तथा स्वास्थ्य समितिका पदाधिकारी, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्र हेर्ने महानगरपालिकाका विभागीय प्रतिनिधि, विद्यालय नर्ससहित साझेदार सहभागी थिए । 

कार्यशालामा बोल्दै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, स्वास्थ्य सचेतना अभिवृद्धि गर्न र बालबालिका बिचको सहसिकाइका लागि यो विधि उपयुक्त भएको उल्लेख गरेकी थिइन् । 

विद्यालयमा अध्ययनरत छात्रछात्रालाई स्वास्थ्यका विषयमा प्रशिक्षित गराएर स्वास्थ्य दूतका रुप विकास गर्ने कार्यक्रमलाई साना डाक्टर कार्यक्रम दिइएको हो । विद्यार्थी आफू, परिवार र समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने कार्यक्रमको लक्ष्य हो ।

सहपाठी बालबालिकाबिचको आपसी सिकाइ, प्रयोगात्मक र भूमिका निर्वाह, अभिलेख र अनुगमन सिकाइका मुख्य विधि हुन् । पाठ्यक्रममा आधारित ३ महिना तालिम दिएपछि बाँकी ९ महिना विद्यार्थीहरुलाई समूहगत रुपमा निरोगात्मक स्वास्थ्य प्रवर्धनका कार्यक्रम सञ्चालन गर्न दिइन्छ ।   एउटा स्वास्थ्य क्लवमा १५ जनादेखि २० जनासम्म छात्रछात्रा राखिनेछ । 

  • Related Posts

    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

     पोखरा महानगरपालिका-१९ अकलादेवी डेरा गरी बस्ने सोही महानगरपालिका-१९ लामाचौर घर भएका ३० वर्षीय लक्षु थापाको कोठामा जुवातास खेलिरहेको अवस्थामा थापा समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी…

    काँग्रेसले जितेका १७ सिट कुन कुन हुन् ?

    नेपाली काँग्रेसले १७ सिट जितेको छ । जारी मत गणनामा अब काँग्रेस कुनै पनि सिटमा अगाडी रहेको छैन र प्रत्यक्षतर्फ काँग्रेस १७ सिटमा सिमित हुने देखिएको छ । काँग्रेसका पछिल्लो…

    पहिलो

    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    • March 8, 2026
    • 11 views
    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    • March 8, 2026
    • 15 views
    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    • March 8, 2026
    • 17 views
    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    • March 8, 2026
    • 22 views
    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    • March 8, 2026
    • 13 views
    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो

    • March 8, 2026
    • 21 views
    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो