दीपेन्द्र प्रजापति/कालो झोला ।
काठमाडौँ, ३० पौष । सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाले आज नेपालका पूर्व गृहमन्त्री रामबहादुर थापा “बादल” सँग भेट घाट गरेका छन् ।
एसजेएफका अध्यक्ष लामाले नेकपा एमालेका उपाध्यक्षमा विजयी भएकोमा थापालाई बधाई पनि दिए । थापा एक महिना अगाडि मात्र सम्पन्न ११ औं अधिवेशन बाट नेकपा एमालेको उपाध्यक्षमा निर्वाचित भएका थिए ।
पूर्व गृहमन्त्री थापाले जेन-जेडको विरोधलाई प्रतिक्रियावादी आन्दोलनको रूपमा आरोप लगाए र सबै लोकतान्त्रिक शक्तिहरूलाई संसद पुनर्स्थापनाको लागि एकजुट हुन वा संयुक्त रूपमा चुनावमा जान आग्रह गरे ।
उनले बाह्य हस्तक्षेप र भूराजनीतिक सन्दर्भका कारण नेपाल ठूलो राजनीतिक संकटमा परेको पनि व्यक्त गरे । भेटमा सार्क पत्रकार मञ्च नेपाल च्याप्टरका नेता करण ताम्राकार पनि उपस्थित थिए ।










