प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक सुरू भएको छ।
मंगलबार अपराह्नमा मन्त्रिपरिषदको बैठक सुरू भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।
बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कृषि मन्त्री बेदुराम भुसाल, अर्थमन्त्री प्रकाशशरण महत लगायत मन्त्रीहरू सहभागी छन्।