सिकलसेल उपचारका लागि भेरी अस्पतालमा बेग्लै वार्ड स्थापना गरिने

काठमाडौँ । पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रूपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थारु समुदायको प्रमुख स्वास्थ्य समस्याको उपचारका लागि बेग्लै वार्ड स्थापना गरेर विशेष उपचार व्यवस्था गर्ने निर्णय गरेका हुन् ।

ठूलो संख्यामा थारु समुदायमा समस्या देखिए पनि यसको उपचारका लागि पर्याप्त व्यवस्था हुन सकेको छैन । यस्तोमा मन्त्री पौडेलले भेरी अस्पताल नेपालगञ्जमा हेमोग्लोविनोप्याथी वार्ड स्थापनाको निर्णय गर्दै भर्ना हुने बिरामीहरूका लागिसमेत व्यवस्था गराउने निर्णय गरेका हुन् ।

मन्त्री पौडेलले गत महिना सिकलसेल उपचारसम्बन्धीमा अभियन्ता उज्वलविक्रम थापा, थारु अधिकारकर्मीलगायतको टोलीसँग समुदायको समस्याबारे जानकार रहेको भन्दै यसका लागि केही व्यवस्था गर्ने घोषणा गरेका थिए । सोहीअनुरूप थारु समुदायलाई पायक पर्ने र अधिक बसोबास रहेको क्षेत्रलाई लक्षित गरी भेरी अस्पतालमा वार्ड स्थापनाको निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थारु समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेलबाट समुदायका झण्डै १२ प्रतिशत नागरिक प्रभावित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक आँकडाले देखाएको छ ।

पश्चिम तराई बाँके, बर्दिया, कैलाली कञ्चनपुर लगायतका भु-भागमा बसोवास गर्ने थारु समुदायका नागरिकहरू सिकल सेल रोगबाट बढी प्रभावित पाइएको छ ।

विपन्न नागरिक औषधी उपचार कोष निर्देशिका बमोजिम सिकलसेल एनिमिया रोग लागेका बिरामीहरूलाई शल्यक्रिया, औषधी तथा औषधीजन्य सामग्री, थप निदानात्मक सेवा शैया सेवा शुल्क आदिको लागि १ लाख रुपैयाँ सम्म खर्चको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ ।

  • Related Posts

    म्यानमारबाट तीन नेपालीको उद्धार

    म्यानमारमा सञ्चालन भइरहेको अनलाइन ठगी केन्द्रमा फसाइएका तीन जना नेपाली नागरिकको उद्धार गरिएको छ। नेपाली राजदूतावास बैंककका अनुसार विभिन्न प्रलोभनमा परी म्यानमार पुगेका ती नेपालीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालन भएका…

    काठमाडौँ महानगरमा आधारभूत तह उत्तीर्ण परीक्षा चैत ५ गतेदेखि

    काठमाडौँ महानगरले शैक्षिक सत्र २०८२ को आधारभूत तह (कक्षा ८ को) उत्तीर्ण परीक्षाका लागि ५७ वटा केन्द्र तोकेको छ । चैत ५ गतेदेखि सञ्चालन हुने परीक्षाका लागि आधारभूत तह परीक्षा…

    पहिलो

    वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा-

    • March 11, 2026
    • 55 views
    वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा-

    नेशनल मेडिकल कलेज द्वारा नयाँ शैक्षिक सत्रका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न-

    • March 11, 2026
    • 89 views
    नेशनल मेडिकल कलेज द्वारा नयाँ शैक्षिक सत्रका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न-

    म्यानमारबाट तीन नेपालीको उद्धार

    • March 11, 2026
    • 19 views
    म्यानमारबाट तीन नेपालीको उद्धार

    गृहमन्त्री अर्यालले दिए निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलाई धन्यवाद

    • March 11, 2026
    • 15 views
    गृहमन्त्री अर्यालले दिए निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलाई धन्यवाद

    बालेन र रविलाई पाकिस्तानी प्रधानमन्त्री शरीफले दिए बधाई

    • March 11, 2026
    • 42 views
    बालेन र रविलाई पाकिस्तानी प्रधानमन्त्री शरीफले दिए बधाई

    विशेष महाधिवेशन औचित्य सकियो, सभापति थापाले राजीनामा दिनुपर्छ- जितजंग बस्नेत

    • March 11, 2026
    • 21 views
    विशेष महाधिवेशन औचित्य सकियो, सभापति थापाले राजीनामा दिनुपर्छ- जितजंग बस्नेत