सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, १८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ । बैठकमा देशभरका महानगरपालिका, उप-महानगरपालिका तथा नगरपालिकाका प्रमुख–उपप्रमुखहरूको सहभागिता रहेको थियो ।

वीरगंज महानगरपालिकाको आयोजनामा भएको बैठकमा शहरी विकास, प्रदूषण व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, शहरबीच सहकार्य तथा आगामी वर्षका योजनाबारे विस्तृत छलफल गरिएको थियो । बैठकले विपद जोखिम न्यूनीकरण अनुसन्धान तथा शिक्षण केन्द्र स्थापना गर्ने विषयमा सैद्धान्तिक सहमति जनाएको छ ।

साथै, विपद सम्बन्धी कोष स्थापना, नगरपालिका समूह दर्ता, फोकल पर्सन तोक्ने, हरेक ६ महिनामा नियमित बैठक गर्ने तथा सचिवालय दर्ता गर्ने निर्णय गरिएको नगरप्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो । जेठ महिनामा हुने अर्को बैठक गोदावरी नगरपालिकामा हुने भएको छ ।

बैठकमा बिपद जोखिम न्यूनीकरण अनुसन्धान तथा शिक्षण केन्द्रका प्रा. डा. आममोदणी दीक्षित र डा. गणेश कुमार जिमीले जोखिम न्यूनीकरण केन्द्रको आवश्यकता र कार्ययोजनाका विषयमा प्रस्तुति दिनुभएको थियो । उनीहरूले प्राकृतिक प्रकोप, लैङ्गिक विभेद, जलवायु परिवर्तन तथा विपद व्यवस्थापनकआ विषयमा स्थानीय तहको जिम्मेवारी र सार्वजनिक सचेतनाको महत्त्वबारे जोड दिनुभएको थियो ।

कार्यक्रमको उद्घाटन सिटीनेट नेपाल अध्यक्ष तथा विराटनगर प्रमुख नागेश कोइराला र वीरगंज प्रमुख राजेशमान सिंहले संयुक्त रूपमा गर्नुभयो। कार्यक्रमको सुरुमा काठमाडौं प्रमुख बालेन साहका दिवंगत पिताप्रति मौनधारण गर्दै श्रद्धाञ्जलि अर्पण गरिएको थियो।

स्वागत मन्तव्य वीरगंज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले प्रस्तुत गर्नुभएको थियो । सिटीनेटमा एसिया–प्रशान्तका १ सय ३ सदस्य रहेका छन् । नेपालमा १६ पालिका सदस्य छन्, जसमा वीरगंज, ललितपुर, भरतपुर, पोखरा, तानसेन, विराटनगर, जितपुर–सिमरा लगायतका पालिका समावेश छन् ।

सिटीनेटको स्थापना सन् १९८७ मा जापानको टोकियोमा भएको हो । समापन सत्रमा नगरप्रमुख राजेशमान सिंहले “बैठकमा आएका सुझाव र अनुभवहरूले आगामी दिनमा प्रभावकारी काम गर्न मार्गदर्शन गर्नेछ” भन्ने विश्वास व्यक्त गर्नुभयो। समापन सम्बोधन अध्यक्ष नागेश कोइरालाले गर्नुभएको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी…

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    काठमाडौँ । चार जना अन्तरिक्ष यात्रीहरू निर्धारित समयभन्दा एक महिना अगाडि नै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन् । उनीहरूको अन्तरिक्ष यान क्यालिफोर्नियाको तटबाट महासागरमा अवतरण गरेको थियो । ड्र्यागन…

    पहिलो

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 7 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 14 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 15 views

    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    • January 15, 2026
    • 14 views
    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय

    • January 15, 2026
    • 6 views
    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय