सिम्रिक एयरले गर्याे २०० बढी यात्रुको उद्धार

काठमाडौँ । सिम्रिक एयरले बाढीपहिरो प्रभावित करिब दुई सय यात्रुको उद्धार गरेको छ । सिम्रिक एयरले बिहीबारदेखि परेको अविरल वर्षाका कारण बाटोमा अलपत्र परेका यात्रुको उद्धार गरेको हो ।

धुलिखेलबाट हेलिकप्टर सेवा सञ्चालन गरी रोशी, नेपालथोक र रामेछापमा अलपत्र परेका बिरामी/घाइते एवं अन्य यात्रुको उद्धार गरिएको हो । सिम्रिक एयरले आइतबार एउटा र सोमबार दुई वटा हेलिकप्टर प्रयोग गरी करिब दुई सय जना यात्रुलाई प्रकोपग्रस्त क्षेत्रबाट धुलिखेलसम्म ल्याएको कम्पनी श्रोतले जानकारी दियो । अन्य नियमित उडान समेत स्थगन गरी प्रकोपग्रस्त क्षेत्रको उद्धारमा हेलिकप्टरहरू परिचालन गरिएको सिम्रिक एयरले जनाएको छ । सिम्रिक एयरले इमर्जेन्सी रेस्पोन्स, रेस्क्यू/फायर फाइटिनिङका क्षेत्रमा विगत २३ वर्षदेखि सेवामा रहेको छ ।

  • Related Posts

    गुण्डुमा ‘ओली कुटी’ को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास

    भक्तपुर । भक्तपुरको गुण्डुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि घर निर्माण कार्य सुरु गरिएको छ । एमाले नेता महेश बस्नेतका अनुसार बिहीबार ओली पत्नी राधिका शाक्यले घरको शिलान्यास…

    सिन्धुली र रामछाप जोड्ने खैरेनीघाटमा बेली ब्रिज जडान हुँदै, मन्त्री घिसिङको अनुगमन

     सिन्धुली र रामेछापको सीमा रहेको सुनकोशी नदीको खैरेनीघाटमा बेली ब्रिज (फलामे पुल) जडान सुरु भएको छ ।  गत वर्षको असोजको भारी वर्षाका कारण रोशीखोला र सुनकोशी नदीमा आएको बाढीले नेपालथोक…

    पहिलो

    सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न-

    • December 4, 2025
    • 122 views
    सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न-

    चितवनले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्दै

    • December 4, 2025
    • 19 views
    चितवनले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्दै

    समाजलाई जीवन्त राख्न सास्ंकृतिक अभियानहरुको आवश्यकता छ- प्रधानमन्त्री कार्की

    • December 4, 2025
    • 23 views
    समाजलाई जीवन्त राख्न सास्ंकृतिक अभियानहरुको आवश्यकता छ- प्रधानमन्त्री कार्की

    पोखरालाई हराउदै काठमाडौँ गोर्खाज प्लेअफमा

    • December 4, 2025
    • 16 views
    पोखरालाई हराउदै काठमाडौँ गोर्खाज प्लेअफमा

    प्रधानमन्त्री कार्कीबाट निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक आव्हान

    • December 4, 2025
    • 20 views
    प्रधानमन्त्री कार्कीबाट निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक आव्हान

    गुण्डुमा ‘ओली कुटी’ को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास

    • December 4, 2025
    • 18 views
    गुण्डुमा ‘ओली कुटी’ को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास