सिर्सिया नदी संरक्षणमा महानगर र उद्योग वाणिज्य संघको ऐक्यबद्धता, साझा पहलमा अघि बढ्ने सहमति-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, १९ बैशाख । सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि वीरगंज महानगरपालिकाले सुरु गरेको अभियानमा अब वीरगंज उद्योग वाणिज्य संघ पनि सहकार्य गर्दै अघि बढ्ने भएको छ ।

शुक्रबार वीरगंज महानगरपालिकामा आयोजित छलफल कार्यक्रममा महानगर प्रमुख राजेशमान सिंह र उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमसहितको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संघले सिर्सिया नदी संरक्षण तथा समग्र वातावरण सुधार अभियानमा सक्रियरूपमा हातेमालो गर्ने प्रतिबद्धता जनाएको हो ।छलफलमा महानगर प्रमुख सिंहले सिर्सिया नदी वीरगंजको पर्यावरणीय र ऐतिहासिक सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण र पुनर्जीवनमा सबै पक्षको साझा भूमिका आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नु भयो, “सिर्सिया नदी हाम्रो सासजस्तै हो । यसको अस्तित्व संकटमा पर्नु वीरगंजको भविष्यमाथि खतरा हो । औद्योगिक फोहोर, नालाको अव्यवस्थित प्रवाह र जनसहभागिताको अभावले नदी मृतप्रायः बन्दै गएको छ । यसलाई जोगाउन अब हरेक तहबाट पहल हुनुपर्छ।

”प्रमुख सिंहले महानगरपालिकाले नदीको स्रोत संरक्षण, फोहोर व्यवस्थापन, जैविक पुनरुत्थान तथा जनचेतना अभिवृद्धिलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको जानकारी पनि दिनुभयो । साथै, हाल महानगरले अभियानकै रूपमा सञ्चालन गरिरहेको व्यवसाय कर, बहाल कर र सम्पत्ति कर तिर्ने अभियानमा उद्योग वाणिज्य संघको सहयोग रहने अपेक्षा उहाँले व्यक्त गर्नुभयो । “नक्सा पास नगरी संरचना निर्माण नगर्ने प्रवृत्तिको विकास गर्नु आजको आवश्यकता हो । त्यसमा उद्योग वाणिज्य संघले नेतृत्वदायी भूमिका खेल्नुपर्छ,” उहाँले भन्नुभयो ।

उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले पनि संघ सिर्सिया नदी सफाइ अभियानमा महानगरसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको जनाउनुभयो । उहाँले उद्योगहरूले वातावरणमैत्री प्रविधिको प्रयोग, फोहोरको उचित व्यवस्थापन र स्पष्ट कार्ययोजना बनाउने प्रक्रियामा अघि बढ्ने जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “पर्यावरणीय उत्तरदायित्वप्रति संघ गम्भीर छ ।

सिर्सिया नदीमा प्रदूषणको एक हिस्सा औद्योगिक फोहोर हो भन्ने हामी स्वीकार गर्छौं । अबदेखि हामी वातावरणमैत्री प्रविधि अपनाउने, फोहोर व्यवस्थापनमा सुधार ल्याउने र महानगरसँग सहकार्यमा प्रष्ट योजना बनाउनेछौं ।”अध्यक्ष गौतमले कर प्रणाली र भवन निर्माण सम्बन्धी कानुनी व्यवस्था कार्यान्वयनमा संघले भरपुर सहयोग गर्ने पनि बताउनुभयो । “कानुनी राज्यको सबल पक्ष भनेकै समयमै कर तिर्ने र नक्सा पास गरेर मात्रै संरचना निर्माण गर्ने अभ्यास हो । हामी त्यसको कार्यान्वयनमा दृढ छौं,” उहाँले भन्नुभयो ।

छलफलको प्रारम्भमा महानगर प्रमुख सिंहले हालै निर्वाचित अध्यक्ष गौतम तथा उनको टोलीलाई कार्यकक्षमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा सहभागी उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, वातावरणविद् र अन्य सरोकारवालाहरूले सिर्सिया नदीमा बढ्दो प्रदूषण नियन्त्रणका लागि दीर्घकालीन योजना र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा राखेका थिए ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधवलाल राजपाल, महासचिव शिवजी प्रसाद साह, नरेस टिबडेवाल, अनुप अग्रवाल, प्रेमचन्द गोयल लगायतका प्रतिनिधिको सहभागिता रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २८ असार । नेपाली कांग्रेस वडा नं.२१ को बुथ समिति द्वारा पार्टी प्रवेश कार्यक्रम को आयोजना गरेको छ । उक्त कार्यक्रम मा विभिन्न पार्टी प्रत्याग…

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    दीपेन्द्र प्रजापति/कालो झोला। वीरगंज, २६, असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको अभाव भएका क्षेत्रमा…

    पहिलो

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 131 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 118 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 104 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 117 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 127 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 111 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-