सुकुम्बासी समस्याबारे बालेनको बाचा: सय दिनमा आयोग, १००० दिनमा समाधान

झापा- ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो चुनावी प्रतिबद्धता पत्र (वाचापत्र) सार्वजनिक गरेका छन् । 

बालेनले आफ्नो बचापत्रमा संघीय संसदको हैसियतले बेथिति र भ्रष्टाचारविरुद्ध संसदमा अग्रपंक्तिमा उभिने उल्लेख गर्दै राष्ट्रिय नीति तथा बजेरमा झापा- ५ का विकासका मुद्धाहरु सशक्त रुपमा उठाउने बताएका छन् । 

बालेनले भूमिहीन र सुकुमवासी समस्या समाधानका लागि आवश्यक कानुन निर्माण गरी व्यवस्थित बसोबासको ग्यारेन्टी गर्ने प्रतिबद्धता व्यक्त गर्दै सय दिनमा आयोग र १००० दिनमा समाधान गर्ने बाचा समेत गरेका छन् । 

उनले झापा- ५ मा एक सचिवालय खोलेर स्थानीय समस्याको सम्बोधन गर्ने बताएका छन् भने उनले रास्वपाको बाचा पत्र कार्यान्वयनको नेतृत्व गर्ने उल्लेख गरेका छन् ।

बालेनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै संसदमा सशक्त भूमिका निर्वाह गर्ने संकल्प गरेका छन् ।उनले वाचापत्रमा शिक्षा, पूर्वाधार, कृषि तथा रोजगारी, महिला तथा बालबालिका, पर्यटन तथा उद्योग, खेलकुद, स्वास्थ्य, भुमि व्यवस्थापन, वातावरण, सुशासन र कला एवं संस्कृतिलाई मुख्य प्राथमिकतामा राखेका छन् । 

बालेनले विपन्न परिवारका लागि निःशुल्क उपचारको सुनिश्चितता गर्ने, दमक अस्पताललाई ३०० शय्यामा स्तरोन्नति गर्ने तथा घर-घरमै स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरी ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य जाँच गर्ने योजना अघि सारेका छन् । 

  • Related Posts

    ओलीका बुबाको निधनप्रति रास्वपा सभापति रवि लामिछानेबाट दुख व्यक्त

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै लामिछानेले यस दुःखद घडीमा…

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

     पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्तिम संस्कार गरिएको छ । गएराति ९६ वर्षको उमेरमा भक्तपुरको गठठाघरस्थित अस्पतालमा निधन भएको उनको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार…

    पहिलो

    इरानमा मृत्यु भएका बालबालिकाका अभिभावकलाई चीनको २ लाख डलर सहयोग

    • March 13, 2026
    • 29 views
    इरानमा मृत्यु भएका बालबालिकाका अभिभावकलाई चीनको २ लाख डलर सहयोग

    स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

    • March 13, 2026
    • 26 views
    स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

    अमेरिकी इन्धन आपूर्ति विमानमा दुर्घटनामा चार सैनिकको मृत्यु, दुईको खोजी जारी

    • March 13, 2026
    • 15 views
    अमेरिकी इन्धन आपूर्ति विमानमा दुर्घटनामा चार सैनिकको मृत्यु, दुईको खोजी जारी

    कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार गरी नेपाल फर्काइयो

    • March 13, 2026
    • 24 views
    कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार गरी नेपाल फर्काइयो

    पोखरामा शहरी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजनाको अध्ययन सम्पन्न

    • March 13, 2026
    • 20 views
    पोखरामा शहरी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजनाको अध्ययन सम्पन्न

    मेरो प्राथमिकता टिममा रणनीतिक सुधार ल्याउनुमा हुनेछ- प्रशिक्षक एरेना

    • March 13, 2026
    • 31 views
    मेरो प्राथमिकता टिममा रणनीतिक सुधार ल्याउनुमा हुनेछ- प्रशिक्षक एरेना