सुक्खा पहिरोले कालीगण्डकी करिडोरको पर्वत खण्ड अवरुद्ध

पर्वत, १५ साउनः उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्ड पहिरोले अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ–कैया झोलुङ्गे पुल नजिकै खसेको सुक्खा पहिरोले सडक अवरुद्ध बनेको हो । पहिरोले झण्डै ५० मिटर सडक पुरिएको छ । आइतबार बिहानदेखि वर्षा नभए पनि सोमबार बिहान सुक्खा पहिरो खसेको थियो ।

निर्माणाधीन अवस्थामा रहेको उक्त सडक विष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएपछि रोकिएको ठाउँबाटै पहिरो खसेको हो । पहरो खसेपछि पर्वत खण्डको अर्मादी–मोदीवेणी खण्डको यातायात सेवा अवरुद्ध बनेको छ । उक्त सडक हुँदै चल्ने सवारीसाधन मोदीवेणीबाट कुश्माबजार हुुँदै जानुपर्ने अवस्था आएको मोदीवेणी संरक्षण समितिका अध्यक्ष केशवदास बैरागीले जानकारी दिनुभयो ।

भिरको ठूलो भूभागबाट खसेको पहिरोले कालीगण्डकी नदीको बहावलाई कुनै असर नगरेको उहाँले जानकारी दिनुभयो । कालीगण्डकी करिडोरअन्तर्गत फलेवास–अर्मादी खण्डमा रहेका यो सडक विगत सात वर्षदेखि अलपत्र अवस्थामा छ । गत वर्ष ट्रयाक खुलेर सवारीसाधन वारपार हुन थाले पनि सडक स्तरोन्नतिको काम भने पूरा हुनसकेको छैन ।

कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका इन्जिनियर सुरेन्द्र गौतमले अवरुद्ध सडक खुलाउन निर्माण व्यवसायीलाई आग्रह गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार केही दिनमै सडक खुलाउने तयारी छ । पहिरोका कारण बडागाउँ–कैया झोलुङ्गे पुल जोखिममा परेको छ ।
–––

  • Related Posts

    मानव बेचबिखन कार्यमा सलंग्न एक जना भारतिय सहित दुई जना पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०२ फागुन । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बिहीबार दिउँसो करिब ०३:०० बजेको समयमा मानव वेचविखन मा संलग्न दुई जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ…

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    मुना न्यौपाने काठमाडौँ, फागुन २ गते । नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशन जारी छ । बुधबार राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन हुनेछ । नेतृत्वका लागि हालका…

    पहिलो

    मानव बेचबिखन कार्यमा सलंग्न एक जना भारतिय सहित दुई जना पक्राउ-

    • February 14, 2025
    • 40 views
    मानव बेचबिखन कार्यमा सलंग्न एक जना  भारतिय सहित दुई जना पक्राउ-

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    • February 14, 2025
    • 4 views

    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    • February 14, 2025
    • 20 views
    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    • February 13, 2025
    • 46 views
    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    गण्डकी कोटिहोम ज्ञान महायज्ञका लागि कुनै बाधा, अवरोध नगर्नु उच्च अदालतद्वारा आदेश जारी

    • February 13, 2025
    • 32 views

    चावहिल मैजुबहालअवस्थित कुमारी मन्दिरमा पूजाअर्जना

    • February 13, 2025
    • 29 views