सुदूरपश्चिमलाई हराउदै विराटनगर दोस्रो स्थानमा उक्लियो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्स दोस्रो स्थानमा उक्लिएको छ । शनिबार सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको हो ।

सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछाएको विराटनगरले ११.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । विराटनगरका लागि साम हीजलेटले ५१, फाफ डुप्लेसिसले ५० र मार्टिन गप्टिलले २२ रन बनाएका थिए । त्यस्तै सुदूरपश्चिमका बलर अविनाश बोहोराले २ विकेट लिएका थिए ।

यसअघि  टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि आरिफ सेखले सर्बाधिक ४५ रन बनाएका थिए भने इशान पाण्डेले ३८, जोश ब्राउनले २४, दिपेन्द्र सिंह ऐरीले १९ र विनोद भण्डारीले १५ रन बनाएका थिए । त्यसैगरी विराटनगरका बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने प्रतिस जिसीले २ र बसिर अहमदले एक विकेट लिए ।

यो जितपछि एनपीएल दोस्रो सिजनको प्लेअफको समीकरण पनि पुरा भएको छ । जस अनुसार सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले पहिलो क्वालिफायर खेल्ने छन् भने काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटर खेल्ने छन् ।

  • Related Posts

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी…

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    काठमाडौँ । चार जना अन्तरिक्ष यात्रीहरू निर्धारित समयभन्दा एक महिना अगाडि नै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन् । उनीहरूको अन्तरिक्ष यान क्यालिफोर्नियाको तटबाट महासागरमा अवतरण गरेको थियो । ड्र्यागन…

    पहिलो

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 7 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 14 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 15 views

    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    • January 15, 2026
    • 14 views
    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय

    • January 15, 2026
    • 6 views
    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय