सुनकोसीको बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज जडान गर्न माग

खोटाङ । खोटाङ र उदयपुर जिल्लालाई जोड्ने सुनकोशी नदीस्थित बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज जडान गर्न माग गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने सुनकोशीस्थित बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज जडान गर्न स्थानीय जनप्रतिधिले माग गरेका हुन् । यसका लागि मन्त्रालय सकारात्मक रहेको जनाइएको छ ।

लामो समयदेखि झोलुङ्गे पुलमार्फत आवतजावत गर्दै आएका दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा बङ्लिाघाटमा बेलिब्रिज जडान हुने भएपछि हर्षित भएका छन् । अस्थायी बेलिब्रिज जडानका लागि खोटाङका बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका तथा उदयपुरको चौदण्डीगढी नगरपालिकाका जनप्रतिनिधिबीच हालै छलफल भएको छ ।

जनप्रतिनिधिबीच भएको भेलाले बेलिब्रिज जडानका लागि तत्काल आवश्यक समान बङ्सिलाघाट ल्याउन मन्त्रालयसँग अनुमति माग गर्ने निर्णय गरिएको छ । यसअघि खोटाङबाट पूर्वीसहर जोड्ने सुनकोशी नदीकै फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिजका सामान बङ्सिलाघाटमा राख्ने तयारी सुरु गरिएको जनाइएको छ ।

दुई जिल्लाका जनप्रतिनिधिबीचको छलफलमा चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामा, जन्तेढुङ्गा गाउँपालिकाका प्रमुख करुणा राई, बराहपोखरी गाउँपालिकाका उपप्रमुख भुवल राई तथा तीनै पालिकाका वडाध्यक्ष, विभिन्न राजनीतिक पार्टीका नेता, स्थानीय सहभागी भएका थिए ।

बङ्सिलाघाटमा २०७५ सालमा रु एक करोड ४३ लाख लागतमा निर्माण गरिएको दुई सय ३५ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा छ । वारिपारि दुवैतर्फ कच्ची सडक निर्माण गरेर सञ्चालन गरिएको बङ्सिलाघाटमा भ्याटसहित रु १९ करोड १८ लाख ४१ हजार चार सय लागतमा निर्माण सुरु गरिएको मोटरेबल पक्की पुल अलपत्र अवस्थामा छ ।

बङ्सिलाघाटमा निर्माण गरिने पक्की पुलका लागि निर्माण कम्पनीले २०७९ साल मङ्सिर १ गते सडक विभागसँग निर्माणको सम्झौता गरेको थियो । यद्यपि, ३३ महिनाभित्र सम्पन्न गर्नेगरी निर्माण शुरु गरिएको मोटरेबल पक्की पुलको काम अहिलेसम्म करिब २५ प्रतिशतमात्र सम्पन्न भएको जनाइएको छ ।

तत्कालीन परराष्ट्रमन्त्री डा.नारायण खड्काले २०७९ साल पुस १ गते शिलान्यास गरेको पुल निर्माणको काम अहिलेसम्म अगाडि बढ्न सकेको छैन । बङ्सिलाघाटमा निर्माणाधीन मोटरेबल पुलमा ठेकेदारको ढिलासुस्तीले समस्या भएको बराहपोखरी गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए ।

पुल बनाउने स्थान केही तल सार्नुपर्दा काममा ढिलासुस्ती भएको सडक विभाग पुल सेक्टर धरानले जनाएको छ । मोटरेबल पक्की पुलको पेटी ठेक्का लिएर सम्पर्कविहीन बनेपछि मुख्य ठेकेदारलाई खोजेर निर्माणस्थलमा ल्याइएको थियो ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौ द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका कपडाहरू भन्सार चलान-

    • May 13, 2025
    • 12 views
    प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौ द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका कपडाहरू भन्सार चलान-

    वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र

    • May 12, 2025
    • 22 views
    वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र

    सहकारी सशक्तीकरणका लागि एक दिने कार्यशाला सम्पन्न-

    • May 10, 2025
    • 33 views
    सहकारी सशक्तीकरणका लागि एक दिने कार्यशाला सम्पन्न-

    महानगर र घरधनी बीच समझदारी: बहाल कर अब सम्पत्ति मालिक कै जिम्मेवारी-बहाल कर तिर्न घरधनीहरू नमाने, सेवा कटौति सहित मेयर सिंह द्वारा कारबाहीको चेतावनी-

    • May 8, 2025
    • 49 views
    महानगर र घरधनी बीच समझदारी: बहाल कर अब सम्पत्ति मालिक कै जिम्मेवारी-बहाल कर तिर्न घरधनीहरू नमाने, सेवा कटौति सहित मेयर सिंह द्वारा कारबाहीको चेतावनी-

    नयाँ बसपार्कमा जथाभावी पार्किङ अन्त्य गर्न महानगरको कडाई-

    • May 7, 2025
    • 36 views
    नयाँ बसपार्कमा जथाभावी पार्किङ अन्त्य गर्न महानगरको कडाई-

    वीरगंजमा होटल व्यवसायी र महानगर बीच छलफल : व्यवसाय दर्ता, कर प्रणाली र पर्यटकीय गतिविधि प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धता-

    • May 7, 2025
    • 37 views
    वीरगंजमा होटल व्यवसायी र महानगर बीच छलफल : व्यवसाय दर्ता, कर प्रणाली र पर्यटकीय गतिविधि प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धता-