सुनसरीमा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न

धरान (सुनसरी) ३१ असार : सुनसरीको भेडेटारमा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको आयोजनामा सम्पन्न बैठकमा सुनसरी, धनकुटा, भोजपुर र उदयपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहितको सहभागिता रहेको थियो ।

सुनसरीका प्रजिअ रामचन्द्र तिवारीले बैठकमा सप्तकोशी नदीको जलमार्ग र अन्य क्षेत्रमा समेत लागुपदार्थ ओसारपसार बढेको भन्दै नियन्त्रणका विषयमा गम्भीर छलफल भएको जानकारी दिनुभयो । “सबै जिल्लामा शान्ति सुरक्षा व्यवस्थापन, अवैध हातहतियार तथा लागुऔषध प्रयोग तथा ओसारपसार, अवैध मदिरा नियन्त्रण, विपद् व्यवस्थापन र आपराधिक घटना बढ्न नदिन पूर्वतयारी गर्नुपर्नेमा जोड दिइएको छ”, प्रजिअ तिवारीले भन्नुभयो ।

सनुसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले सुनसरीमा लागुऔषधको कारोबार बढेको र त्यसको ट्रान्जिट प्वाइन्छ कोशी नदी आसपास रहेको देखिएकाले कोशी नदी जलमार्ग निषेधित क्षेत्र घोषणा गर्ने निणर्य गरिएको जानकारी दिनुभयो ।

बैठकमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले कोशी प्रदेशमा शान्ति सुरक्षासहित लागुपदार्थ ओसारपसार तथा कारोबार पूर्णरूपमा नियन्त्रण गर्न नेपाल प्रहरी सधैँ तयार रहने बताउनुभयो ।

बैठकले लागुऔषधसहित अपराधिक क्रियाकलाप नियन्त्रणका लागि सूचना आदानप्रदान तथा समन्वय गर्न सबैले सहयोग गर्ने निर्णय गरेको छ । बैठकमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख खापुङ, सशस्त्र प्रहरी बल १ नम्बर बराह बाहिनीका प्रमुख डिआइजी शम्भु सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्य र चारै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी प्रमुख तथा राष्ट्रिय अनुसन्धानका प्रमुखहरूको सहभागिता रहेको थियो ।

समन्वय बैठकले अन्तरजिल्ला सुरक्षालाई प्रभावकारी बनाइ समन्वयात्मक ढङ्गले अगाडि बढ्ने र गैरकानुनी क्रियाकलापलाई चारवटै जिल्लाको समन्वयमा प्रभावकारी रूपमा नियन्त्रण गर्ने निर्णय गरेको छ ।

  • Related Posts

    ट्रम्पद्वारा मेक्सिको र क्यानडामाथिको थप आयात शुल्क स्थगित

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उनले क्यानडा र मेक्सिकोमाथि घोषणा गरेको आयात शुल्कको कार्यान्वयन ३० दिन पछि सार्न सहमत भएका छन्। ट्रम्पसँगको टेलिफोन कुराकानीमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आप्रवासन नियन्त्रणका र…

    कुम्भमेलाको भागदौड,कुन बेला भयो घटना

    भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा आयोजित कुम्भमेलामा स्नान गर्न गएका मानिसहरूको भिडमा भागदौड मच्चिँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। उक्त घटनामा दर्जनौँ मानिस घाइते भएका छन्। यस्ता दुःखद घटनाले समाजमा…

    पहिलो

    आन्तरिक राजश्व कार्यालय, वीरगन्जको पोखरीया बजार मा अनुगमन, अधिकांश पसलहरु बन्द-

    • February 16, 2025
    • 68 views
    आन्तरिक राजश्व कार्यालय, वीरगन्जको पोखरीया बजार मा अनुगमन, अधिकांश पसलहरु बन्द-

    बीरगंज मा स्रोत नखुलेको दश लाख नगद सहित एक जना भारतिय पक्राउ-

    • February 16, 2025
    • 48 views
    बीरगंज मा स्रोत नखुलेको दश लाख नगद सहित  एक जना भारतिय पक्राउ-

    प्याव्सन द्वारा आयोजित अन्तर विद्यालय प्रथम महिला क्रिकेट प्रतियोगिता शुरु-

    • February 15, 2025
    • 49 views
    प्याव्सन द्वारा आयोजित अन्तर विद्यालय प्रथम महिला क्रिकेट प्रतियोगिता शुरु-

    मानव बेचबिखन कार्यमा सलंग्न एक जना भारतिय सहित दुई जना पक्राउ-

    • February 14, 2025
    • 53 views
    मानव बेचबिखन कार्यमा सलंग्न एक जना  भारतिय सहित दुई जना पक्राउ-

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    • February 14, 2025
    • 18 views

    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    • February 14, 2025
    • 39 views
    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-