दीपेन्द्र प्रजापति कालो/झोला ।

पर्सा, २४ बैशाख । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा शुक्रबार बिहान करिब ११:०० बजेको समयमा भारत बाट अवैध रूपमा सुन, हिरा तथा विभिन्न किसिमका पत्थरहरू ल्याउँदै गरेको एक भारतीय मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. १६, शंकराचार्य गेटस्थित सडक खण्डमा त्यहाँ बाट खटिएको प्रहरी टोलीले भारत बाट वीरगञ्ज तर्फ शंकास्पद रुपमा आउँदै गरेको भारतको हौँडा जिल्ला, डोमजुर ग्राम पञ्चायत बदमपुरटोल बस्ने वर्ष ४५ को बुद्धदेव मैती लाई रोकी निजको शरिरको तलासी लिँदा निजले लगाएको गाढा निलो रङको ज्याकेटको गोजीमा लुकाई छिपाई राखिएको सुन जस्तो देखिने पहेलो धातुको सिक्री २७ थान (२२४.८ ग्राम), हिरा जस्तो देखिने टल्कने कालो सेतो पत्थर २१.९ ग्राम, पोल्की हिरा जस्तो देखिने पत्थर ५.२० ग्राम, हरियो पन्ना जस्तो देखिने पत्थर ६.७८ ग्राम, रातो रुबी जस्तो देखिने पत्थर ८.४९ ग्राम, निलो रंगको निलम २.३८ ग्राम, तलमरी पत्थर ७२ ग्राम, रूबी जस्तो देखिने रातो पत्थर २१ ग्राम, रातो रंगको (आर्टिफिसियल) स्टोन ११.६०० ग्राम फेला परेकोले निजलाई उक्त सुन, हिरा तथा विभिन्न किसिमका पत्थरहरू अन्दाजी मुल्य रु. २९ लाख ४४ हजार ६ सय ३३ सहित थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आईतबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी ले बताएका छन् ।