सुपर खुदी हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

 सुपर खुदी हाइड्रोपावर लिमिटेडले आज फागुन ५ गते मंगलबारदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ । 

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेको थियो।

कम्पनीले १ अर्ब ५५ करोड रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये १५ लाख ५० हजार कित्ता स्थानीय बासिन्दालाई र १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकिएको छ। साथै ७७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई वितरण गरिएको छ । दोस्रो चरणअन्तर्गत कम्पनीले आफ्ना कर्मचारीका लागि ३१ हजार कित्ता छुट्याएको छ । बाँकी रहेको १२ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको १२ लाख ८६ हजार ५०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि सार्वजनिक गरिएको हो। प्रतिकित्ता सेयरको अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा फागुन ११ गते र ढिलोमा फागुन २० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ ।

सुपर खुदी हाइड्रोपावरले सञ्चालन गरिरहेको २६ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब ३८ करोड ४ लाख ११ हजार रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २० करोड ६९ लाख ३८ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अझै २७ वर्ष ५ महिना बाँकी रहेको छ। साधारण रूपमा लगानी फिर्ता हुने अवधि ७.२१ वर्ष र छुट दरमा १३.४२ वर्ष अनुमान गरिएको छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

  • Related Posts

    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो

    मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । अमेरिका, इजरायल र इरानबीचको संघर्षका कारण एक सातामै कच्चा तेलको मूल्य करिब २७ प्रतिशतले बढेको हो…

    इरानको आक्रमणमा अमेरिकाको अत्याधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली नष्ट

    काठमाडौँ । इरानको आक्रमणमा अमेरिकाको अत्याधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली नष्ट भएको खबर सार्वजनिक भएको छ । सञ्चारमाध्यमका विवरणअनुसार जोर्डनस्थित एक सैनिक हवाई अड्डामा रहेको अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा राडार प्रणाली आक्रमणमा…

    पहिलो

    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    • March 8, 2026
    • 11 views
    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    • March 8, 2026
    • 15 views
    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    • March 8, 2026
    • 16 views
    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    • March 8, 2026
    • 22 views
    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    • March 8, 2026
    • 13 views
    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो

    • March 8, 2026
    • 21 views
    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो