दीपेन्द्र प्रजापति/कालो झोला ।

बारा, ०४ फागुन । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेस, जीतपुर ले आज बिहान करिब ०५:०० बजेको समयमा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ०५ स्थित रहेको दुधौरा खोला बाट अवैध रुपमा नदि जन्य पदार्थ बालुवा/माटो उत्खनन् गरि ल्याउदै गरेको अवस्थामा दुई वटा ट्याक्टर सहित चालकहरुलाई नियन्त्रणमा लिएको छ ।

एका बिहानै ना. ६ त ३७९१ नंबरको ट्याक्टर र सोको चालक बारा जिल्ला कै बारागढि गाउँपालिका वडा नं. ०३ बस्ने बर्ष ३६ को रमेश मुखिया र प्र. २-०३-००१ त २४९१ नम्बरको ट्रयाक्टर तथा चालक जितपुर सिमरा उपमहानगरपालिका वडा . ०५ बस्ने वर्ष २१ को विरवल सहनि लाई त्यहाँ बाट खटि गएको सशस्त्र प्रहरी नायब उपरीक्षक कुमार बरालको नेतृत्वमा ०७ जनाको मोबाईल गस्ति डिउटी टोलीले चेक जाच गर्ने क्रममा बिल बिजक नभएको अवस्थामा नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि जितपुर सिमरा उप-महानगरपालिकाको कार्यालय राजश्व शाखा बारामा बुझाईएको कुरा बेसपति बरालले बताएका छन् ।