सूचना प्रविधिका क्षेत्रमा लगानी गर्न युएस चेम्बर अफ कमर्सका सदस्यलाई अर्थमन्त्री पौडेलको आग्रह

वासिङ्टन डिसी, (अमेरिका) । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको सूचना प्रविधि उद्योगमा लगानी गर्न अमेरिका चेम्बर अफ कमर्सका प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुने क्रममा हाल संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा रहेका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले आज कमर्सका प्रतिनिधिहरुसँग भएको राउण्डटेवल बैठकमा उक्त आग्रह गरेका हुन् ।

नेपालमा अन्य मुलुकको तुलनामा लगानीकर्ताको लागि सस्तो र गुणस्तरीय सूचना प्रविधि सम्बद्ध जनशक्ति उपलब्ध रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले कानूनी र प्रक्रियागत सुधार गरी लगानीको वातावरण तयार गरिएकाले सो को लाभ उठाउन अमेरिकी व्यावसायिकलाई आग्रह गरे।

सूचना प्रविधिको क्षेत्रमा एक डलरमै कम्पनी स्थापना गर्न सक्ने र पाँच वर्षसम्म आयकरमा पचास प्रतिशत छुट दिने सरकारको नीति बारे जानकारी दिँदै उपप्रधानमन्त्री पौडेलले नेपालको सूचना प्रविधि उद्योगमा लगानी बढाउन आग्रह गरे ।

कार्यक्रममा युएस चेम्बर अफ कमर्स दक्षिण एसिया उपक्षेत्रका वरिष्ठ उपाध्यक्ष अतुल केशपले दर्जनौँ अमेरिकी कम्पनी नेपालमा लगानी गर्न चासो र उत्सुक रहेको बताएका थिए । उनले हालै नेपाल सरकारले गरेको लगानीसँग सम्बन्धित दर्जन हाराहारी कानूनको सुधार एवं परिमार्जन, सार्वभौम क्रेडिट रेटिङ र उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको गठनले व्यावसायिक वातावरण बनाउनमा योगदान गरेको उल्लेख गर्दै नेपालले गरेको सुधार प्रयासको प्रशंसा पनि गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा लगानीको लागि प्रशस्त सम्भावना र उपयुक्त वातावरण बनेको उल्लेख गर्दै अमेरिकी उद्यमी व्यवसायीलाई नेपालमा लगानी विस्तार गरी लाभ लिन आग्रह गरे ।

कार्यक्रममा उपस्थित युएस चेम्बर अफ कमर्सका प्रतिनिधिहरूले नेपालमा सूचना प्रविधि लगायत विभिन्न क्षेत्रमा लगानी गर्नका लागि उत्सुक रहेको धारणा राखेका थिए।

यसैबीच आजै उपप्रधानमन्त्री पौडेलसँग अन्तराष्ट्रिय मुद्रा कोषका उप प्रबन्ध निर्देशक बो लिको भेटवार्ता भएको छ। भेटका क्रममा उपप्रधानमन्त्री पौडेलले सहुलियतपूर्ण कर्जा सुविधा, नीतिगत सल्लाह सुझाव र क्षमता विकास लगायतका विभिन्न कार्यक्रम मार्फत नेपालको आर्थिक विकासमा कोषले पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा कोषले थप योगदान गर्ने अपेक्षा समेत राखेका थिए ।

भेटका क्रममा उपप्रधानमन्त्री पौडेलले अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता संस्थाको मूल्याङ्कनले नेपालको अर्थतन्त्रमा सुधार भइरहेको देखाएको तथ्य उल्लेख गर्दै आगामी दिनमा कोषका सुझावहरूलाई समेत ध्यानमा राखी आर्थिक सुधारका कार्य अगाडी बढाउने जानकारी दिएका थिए ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आजै मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसिका सिईओ एलिस अलब्राईट र उपाध्यक्ष क्यामरन अल्फर्डको समेत भेटवार्ता भएको थियो। भेटका क्रममा नेपालमा एमसिसि परियोजना कार्यान्वयनको पछिल्लो प्रगति अवस्था र थप वित्तीय सहायता परिचालनका सम्बन्धमा छलफल भएको थियो।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 82 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 153 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 91 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 138 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    • June 15, 2025
    • 94 views
    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-

    • June 10, 2025
    • 127 views
    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-