सूर्यकुण्ड हाइड्रोको आइपिओको बाँडफाँड फागुन ५ गते हुने

 सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपिओको बाँडफाँड मंगलबार हुने भएको छ ।

निष्काशन तथा विक्री प्रबन्धक कम्पनि कुमारी क्यापिटलका अनुसार आइपिओको बाँडफाँड फागुन ५ गते मंगलबार गर्ने जानकारी दिएको हो ।

कम्पनिले माघ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्कासन गरेकोमा यस आइपिओमा २५ लाख ५३ हजार ८७१ जना लगानीकर्ताले आवेदन दिएका छन् । 

यस कम्पनिको ५७ हजार २४३ जनालाई १०-१० कित्ताका दरले शेयर पर्ने छ । 

कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । कम्पनीले सामूहिक लगानी कोषका लागि ३४ हजार ४८४ कित्ता र कर्मचारीका लागि १३ हजार ७९३ कित्ता छुट्टाएको छ । 

कम्पनीले सञ्चालन गरेको ११ मेगावाटको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रहेको छ भने प्रतिमेगावाट लागत २१ करोड ५३ लाख १२ हजार ७२७ रहेको छ ।

  • Related Posts

    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो

    मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । अमेरिका, इजरायल र इरानबीचको संघर्षका कारण एक सातामै कच्चा तेलको मूल्य करिब २७ प्रतिशतले बढेको हो…

    इरानको आक्रमणमा अमेरिकाको अत्याधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली नष्ट

    काठमाडौँ । इरानको आक्रमणमा अमेरिकाको अत्याधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली नष्ट भएको खबर सार्वजनिक भएको छ । सञ्चारमाध्यमका विवरणअनुसार जोर्डनस्थित एक सैनिक हवाई अड्डामा रहेको अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा राडार प्रणाली आक्रमणमा…

    पहिलो

    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    • March 8, 2026
    • 11 views
    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    • March 8, 2026
    • 15 views
    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    • March 8, 2026
    • 16 views
    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    • March 8, 2026
    • 22 views
    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    • March 8, 2026
    • 13 views
    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो

    • March 8, 2026
    • 21 views
    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो