सूर्या नेपाल द्वारा वीरगंज महानगरलाई कम्प्युटर, ल्यापटप सहितका उपकरणहरू सहयोग-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ११ असोज । वीरगंज महानगरपालिकालाई कार्यालय पुनःसञ्चालनमा सहजता ल्याउन सूर्या नेपाल प्रा.लि.ले कम्प्युटर, ल्यापटप, प्रिन्टर सहितका विद्युतीय सामग्रीहरु सहयोग गरेको छ ।

गत भदौ २४ गते आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण वीरगंज महानगरपालिकाको भवनसहित सम्पूर्ण भौतिक सामग्री जलेर नष्ट भएको थियो। सो घटनापछि महानगरपालिकाको दैनिक प्रशासनिक कामकाज प्रभावित भएको थियो ।

यही अवस्थालाई ध्यानमा राख्दै सूर्या नेपाल प्रा.लि.ले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत दुई थान कम्प्युटर सेट (युपिएससहित), दुई थान ल्यापटप र दुई थान प्रिन्टर हस्तान्तरण गरेको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै वीरगंज महानगर प्रमुख राजेशमान सिंहले असहज अवस्थामा रहेको कार्यालयलाई पुनःसञ्चालन गर्न सूर्या नेपालले पुर्‍याएको सहयोग अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकाको दैनिक कामकाज सहज बनाउन सूर्या नेपालले पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गर्दछु ।

भविष्यमा पनि महानगर र सूर्या नेपालबीच सहकार्य र साझेदारीका कार्यक्रम निरन्तर रहून् भन्ने मेरो अपेक्षा छ ।”सो अवसरमा सूर्या नेपाल प्रा.लि.का प्रभाकर विक्रम शाहले समस्याको घडीमा सहयोग गर्न आफूहरु जहिल्यै तत्पर रहने उल्लेख गर्नुभयो । उहाँले थप्नुभयो, “नगरपालिकाको सम्पत्ति जल्नु भनेको नागरिककै सम्पत्ति नष्ट हुनु हो। सबै मिलेर सहयोग गरे महानगर चाँडै उठ्नेछ ।

”यस्तै, सूर्या नेपालका उद्योग प्रमुख सुरेश काजी श्रेष्ठले सूर्या नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगंज महानगरलाई सहयोग गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिनुभयो ।सामग्री हस्तान्तरण कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, सूर्या नेपालका सिनियर म्यानेजर यज्ञ आलेसहितका व्यक्तिहरूको उपस्थिति थियो ।

  • Bishnu Timalsina

    Related Posts

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले सुझाव पेस गरेकी छन् ।  चितवनमा जारी विस्तारित बैठकको दोस्रो दिन कार्कीले सुझाव पेस गरेकी हुन्…

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    काठमाडौं । ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा नेपाल ट्रष्टको कार्यालय दरबारमार्ग काठमाडौंका तत्कालीन सहसचिव पदमा कार्यरत चितवन भरतपुर महानगरपालिका-१५ बस्ने ६६ वर्षीय लेख बहादुर कार्कीलाई प्रहरीले पक्राउ…

    पहिलो

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    • November 8, 2025
    • 35 views
    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    • November 8, 2025
    • 19 views
    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    • November 8, 2025
    • 25 views
    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    • November 8, 2025
    • 28 views
    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    • November 8, 2025
    • 23 views
    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

    • November 8, 2025
    • 32 views
    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट