सेनेगल र माली अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा

सेनेगल र माली जारी अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा पुगेका छन् ।

गएराती सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा सेनेगलले सुडानलाई र मालीले ट्युनिसियालाई पराजित गरेर प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका हुन् ।

सेनेगलले सुडानलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । सेनेगलको जितमा पापे गुएयेले दुई गोल गरे भने इब्राहिम एमबाएले एक गोल गरेका थिए । त्यस्तै सुडानका लागि एक गोल आमिर अबदल्ल्लाह युनिसले गरेका थिए ।

त्यस्तै अर्को खेलमा मालीले ट्युनिसियालाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको थियो । निर्धारित ९० मिनेटको खेलमा दुवैले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । अब क्वाटरफाइनलमा सेनेगल र माली भिड्ने भएका छन् ।

त्यस्तै राउण्ड १६ अन्तर्गत आज मोरक्कोले तान्जानियाको सामना गर्दैछ भने दक्षिण अफ्रिकाले क्यामरुनको सामना गर्दैछ । 

  • Related Posts

    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    आईसीसीले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई जनवरी २१ सम्ममा टी-२० विश्वकपमा सहभागिता बारे स्पष्ट पार्न अल्टिमेटम दिएको छ । आईसीसीले शनिबार ढाकामा भएको बैठकमा बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई जनवरी…

    बार्सिलोना रियल सोसियडाडसँग स्तब्ध

    स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना रियल सोसियडाडसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा रियल सोसियडाडले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । रियल सोसियडाडको जितमा मिकेल ओयारजाबाल र…

    पहिलो

    टिकट वितरणमा देखिएको असन्तुष्टि सम्बोधन होस्, मलाई चाहिदैन- योगेश भट्टराई

    • January 19, 2026
    • 0 views
    टिकट वितरणमा देखिएको असन्तुष्टि सम्बोधन होस्, मलाई चाहिदैन- योगेश भट्टराई

    स्वागत नेपाल राप्रपामा प्रवेश, झापा-२ बाट उम्मेदवार बन्ने

    • January 19, 2026
    • 8 views
    स्वागत नेपाल राप्रपामा प्रवेश, झापा-२ बाट उम्मेदवार बन्ने

    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    • January 19, 2026
    • 31 views
    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    झापा पुगे ओली

    • January 19, 2026
    • 15 views
    झापा पुगे ओली

    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    • January 19, 2026
    • 34 views
    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    • January 19, 2026
    • 14 views
    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे