सेयर बजारको अंकसँगै घट्यो कारोबार

काठमाडौँ । मंगलबार सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ११.२४ अंक घटेको हो । सो अंकको कमीपछि नेप्से २७४८ मा कायम भएको छ ।

परिसूचक घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८५ करोडको भयो। ८० कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ७ को स्थिर रह्यो ।

यस दिन फाइनान्स समूहमा आकर्षण देखिएको छ । सो सेक्टर सबैभन्दा धेरै १.१२ प्रतिशत बढ्यो । त्यस्तै निर्जीवन बीमा ०.१३ र व्यापार ०.३५ प्रतिशत बढे ।

अन्य समूह सबैभन्दा धेरै १। १८ प्रतिशत घट्यो । बैंकिङ ०.३५, विकास बैंक ०.३१, होटेल तथा पर्यटन ०.१५, हाइड्रोपावर ०.५७, लगानी ०.३५, जीवन बीमा ०.४४, उत्पादन ०.०२, माइक्रोफाइनान्स ०.६७ प्रतिशत घटे ।

४ कम्पनी गुराँस लघुवित्त, मेन्छियाम हाइड्रोपावर, बेस्ट फाइनान्स र एनएलजी इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । समृद्धि फाइनान्सको ९.६१, समाज लघुवित्तको ७.२५, सपोर्ट माइक्रोफाइनान्सको ७.२२, कुथेली बुकरी स्मल हाइड्रोपावरको ७.१९ तथा जानाकी फाइनान्सको मूल्य ५.७८ प्रतिशत बढ्यो ।

गुडविल फाइनान्सको मूल्य ९.३ प्रतिशत घट्यो । आँखुखोला जलविद्युतको ४.९, माछापुच्छ्रे बैंकको ४.५, अपरहेवाखोलाको ३.७१ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा यस दिन फाइनान्स कम्पनीहरू अगाडि देखिए । बेस्ट फाइनान्स, गुडविल फाइनान्स, आँखुखोला जलविद्युत्, जानाकी फाइनान्स तथा पिपुल्स हाइड्रोपावर धेरै कारोबार हुने कम्पनीमा क्रमशः अगाडि रहे ।

  • Related Posts

    गौरीघाटमा वृहत् निःशुल्क स्वास्थ्य शिविर तथा चियापान कार्यक्रम सम्पन्न

    –   मुनामदन सिलवाल काठमाडौँ, फागुन १५ गते । महाशिवरात्रीको पावन अवसरमा गौरीघाट सुधार समितिको आयोजनमा गौरीघाटदेखि उमाकुण्ड हुँदै दक्षिणामूर्ति गोल्डेन गेटसम्मको रुट नं.–१को लाईन उत्तरढोका) सम्मको पशुपतिक्षेत्र विकास कोष स्वयम्…

    सुनको मूल्य उचाईमा, कतिमा हुँदैछ कारोबार ?

    फागुन १३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी…

    पहिलो

    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    • March 15, 2025
    • 59 views
    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    • March 12, 2025
    • 37 views
    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-

    • March 11, 2025
    • 31 views
    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-

    जिल्ला प्रहरी कार्यालय, मकवानपुर को मुद्दा शाखा मा प्रहरी हवल्दार जयसवार को एकलौटी शासन, पैसा न दिए सम्म कुनै फाइल नछुने श्रोतको दावी-

    • March 11, 2025
    • 60 views
    जिल्ला प्रहरी कार्यालय, मकवानपुर को मुद्दा शाखा मा प्रहरी हवल्दार जयसवार को एकलौटी शासन, पैसा न दिए सम्म कुनै फाइल नछुने श्रोतको दावी-

    पर्सा मा चरेस सहित तीन जना मानिस पक्राउ-

    • March 9, 2025
    • 22 views
    पर्सा मा चरेस सहित तीन जना मानिस पक्राउ-

    मुस्लिम कैदीबन्दीहरुलाई इफ्तारी गर्न मेयर सिंह द्वारा खाद्यान्न सामग्री सहयोग-

    • March 9, 2025
    • 41 views
    मुस्लिम कैदीबन्दीहरुलाई इफ्तारी गर्न मेयर सिंह द्वारा खाद्यान्न सामग्री सहयोग-