सेयर बजारमा १० अर्ब ३२ करोडको कारोबार

काठमाडौँ । बिहीबार सेयर बजारको परिसूचक नेप्से १३.९५ अंक बढेको छ । यो अंकको वृद्धिसँगै नेप्से २७४८ अंकमा कायम भएको छ । यस दिन १० अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भयो। अघिल्लो दिन ७ अर्ब ९१ करोडको कारोबार भएको थियो ।

१५९ कम्पनीको मूल्य बढ्दा ७९ को घट्यो भने ६ को स्थिर रह्यो । यस दिन हाइड्रोपावर समूह सबैभन्दा धेरै १.३४ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक १.२१, बैंकिङ ०.४४, होटेल तथा पर्यटन ०.९३, माइक्रोफाइनान्स ०.७७ तथा अन्य समूह ०.६३ प्रतिशत बढे । फाइनान्स ०.०९, लगानी ०.०३, जीवन बीमा ०.०३, उत्पादन ०.३, निर्जीवन बीमा ०.०८ र व्यापार समूह ०.६२ प्रतिशत घटे ।

तीन कम्पनी गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र अपरहेवाखोला जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । ङादी ग्रुपको ९.७९, माछापुच्छ्रे बैंकको ९.५६, धौलागिरि लघुवित्तको ८.७ प्रतिशत मूल्य बढ्यो ।

रावा इनर्जीको मूल्य सबैभन्दा धेरै ९.१२ प्रतिशत घट्यो । त्यस्तै कुथेली बुकरी स्मल हाइड्रोपावरको ७.३, पिपुल्स हाइड्रोपावरको ६.०८, सुपरमाइ हाइड्रोपावरको ४.९२, समृद्धि फाइनान्सको ४.३६ प्रतिशत घट्यो । धेरै कारोबार भएका कम्पनीमा जानाकी फाइनान्स, ङादी ग्रुप पावर, समृद्धि फाइनान्स, नेपाल फाइनान्स, पिपुल्स हाइड्रोपावर क्रमशः अगाडि रहेका छन् ।

  • Related Posts

    गौरीघाटमा वृहत् निःशुल्क स्वास्थ्य शिविर तथा चियापान कार्यक्रम सम्पन्न

    –   मुनामदन सिलवाल काठमाडौँ, फागुन १५ गते । महाशिवरात्रीको पावन अवसरमा गौरीघाट सुधार समितिको आयोजनमा गौरीघाटदेखि उमाकुण्ड हुँदै दक्षिणामूर्ति गोल्डेन गेटसम्मको रुट नं.–१को लाईन उत्तरढोका) सम्मको पशुपतिक्षेत्र विकास कोष स्वयम्…

    सुनको मूल्य उचाईमा, कतिमा हुँदैछ कारोबार ?

    फागुन १३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी…

    पहिलो

    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    • March 15, 2025
    • 61 views
    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    • March 12, 2025
    • 37 views
    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-

    • March 11, 2025
    • 31 views
    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-

    जिल्ला प्रहरी कार्यालय, मकवानपुर को मुद्दा शाखा मा प्रहरी हवल्दार जयसवार को एकलौटी शासन, पैसा न दिए सम्म कुनै फाइल नछुने श्रोतको दावी-

    • March 11, 2025
    • 60 views
    जिल्ला प्रहरी कार्यालय, मकवानपुर को मुद्दा शाखा मा प्रहरी हवल्दार जयसवार को एकलौटी शासन, पैसा न दिए सम्म कुनै फाइल नछुने श्रोतको दावी-

    पर्सा मा चरेस सहित तीन जना मानिस पक्राउ-

    • March 9, 2025
    • 22 views
    पर्सा मा चरेस सहित तीन जना मानिस पक्राउ-

    मुस्लिम कैदीबन्दीहरुलाई इफ्तारी गर्न मेयर सिंह द्वारा खाद्यान्न सामग्री सहयोग-

    • March 9, 2025
    • 41 views
    मुस्लिम कैदीबन्दीहरुलाई इफ्तारी गर्न मेयर सिंह द्वारा खाद्यान्न सामग्री सहयोग-