सैन्य धम्की वा नयाँ प्रतिबन्धको सामना गर्छौं तर युरेनियम संवर्धन कार्यक्रम त्याग्दैनौं- इरान

इरानले परमाणु बारे अमेरिकी दबाबलाई कडाइका साथ अस्वीकार गरेको छ । इरानले सैन्य धम्की वा नयाँ प्रतिबन्धहरूको सामना गर्नु परे पनि, कुनै पनि परिस्थितिमा आफ्नो युरेनियम संवर्धन कार्यक्रम नत्याग्ने बताएको हो ।

तेहरानमा एक सार्वजनिक कार्यक्रममा इरानी विदेशमन्त्री अब्बास अराघचीले इरानको आणविक नीतिलाई धम्की दिएर परिवर्तन गर्न नसकिने बताउदै अमेरिकाको मनसायमा कुनै विश्वास नरहेको बताएका हुन् ।

उनको यो बयान यस्तो समयमा आएको हो जब इरान र अमेरिकाबीच धेरै वर्षपछि ओमानमा वार्ता पुनः सुरु भएको छ । इरान आफूमाथि लगाइएको कडा आर्थिक प्रतिबन्ध हटाउन चाहन्छ, जबकि अमेरिका इरानको आणविक कार्यक्रम रोक्न चाहन्छ ।

अराघचीले स्पष्ट रूपमा युरेनियम संवर्धन कुनै पनि परिस्थितिमा इरानको लागि वार्ताको विषय नभएको बताएका छन् । उनले कुनै पनि देशलाई युद्धको धम्की दिए पनि इरानलाई के गर्ने भनेर बताउने अधिकार नभएको बताए ।

उनले यस क्षेत्रमा अमेरिकी सैन्य तैनाथी, जस्तै यूएसएस अब्राहम लिंकन विमान वाहकको उपस्थितिले इरानलाई रोक्न असफल हुने चेतावनी समेत दिएका छन् ।

अमेरिकालाई विश्वास गर्न गाह्रो भएको र वासिङ्टनले साँच्चै कूटनीतिक समाधान खोजेको छ कि छैन भन्ने कुरा स्पष्ट नभएको उनको दाबि थियो ।

उनले इरानले आफ्नो स्वतन्त्रता र मर्यादा उल्लङ्घन गर्ने कुनै पनि सम्झौतामा प्रवेश नगर्ने कुरा दोहोर्‍याए । पश्चिमी देशहरू र इजरायलले लामो समयदेखि इरानले आणविक हतियार विकास गर्न खोजेको आरोप लगाउदै उनले इरानले यसलाई अस्वीकार गर्ने बताए । 

यसैबीच, अमेरिकाले इरान वरिपरि आफ्नो सैन्य शक्ति निरन्तर प्रदर्शन गरिरहेको छ। इरानसँगका अमेरिकी वार्ताकार स्टीव विटकफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार जेरेड कुशनरले हालै युएसएस अब्राहम लिंकन विमान वाहकको भ्रमण गरेका थिए ।

इरान र अमेरिकाबीचको आणविक मुद्दामा फेब्रुअरी ६ मा ओमानमा वार्ता भएको थियो । ट्रम्पले त्यसलाई धेरै राम्रो भनेपनि वार्ता निष्कर्ष बिना टुंगिएको थियो ।

यद्यपि, वार्ताको तुरुन्तै पछि, ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमा नयाँ शुल्क लगाउने आदेश जारी गरे । इरानी तेल निर्यातमा संलग्न कम्पनीहरू र जहाजहरूमा पनि नयाँ प्रतिबन्धहरू लगाइयो । थप वार्ता अर्को साता हुने बताइएको छ ।

  • Related Posts

    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    इजरायलले पछिल्लो २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको दाबी गरेको छ । इजरायली सेनाका अनुसार ती आक्रमणहरूमा क्षेप्यास्त्र प्रक्षेपण केन्द्र र हतियार निर्माण हुने स्थानलाई…

    बहराइनमा क्षेप्यास्त्रका टुक्रा खस्दा तीन जना घाइते

    बहराइनमा इरानले गरेको आक्रमणका क्रममा खसेका क्षेप्यास्त्रका टुक्राले लागेर कम्तीमा तीन जना घाइते भएका छन् । बहराइनको गृह मन्त्रालयले ईरानतर्फबाट भएको आक्रमणका बेला झरेका क्षेप्यास्त्रका अवशेषका कारण उनीहरू घाइते भएको…

    पहिलो

    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    • March 8, 2026
    • 11 views
    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    • March 8, 2026
    • 15 views
    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    • March 8, 2026
    • 15 views
    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    • March 8, 2026
    • 22 views
    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    • March 8, 2026
    • 13 views
    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो

    • March 8, 2026
    • 21 views
    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो