सोलुखुम्बुमा पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा पहिरोले दुई वटा घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–९ र १० मा छुट्टाछुट्टै स्थानमा पहिरोमा परेर उनीहरूको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार मृत्यु हुनेमा सोलुदुधकुण्ड–९ स्थित माइतीघर आएकी सोलुदूधकुण्ड-२ की २३ वर्षीया ल्हामु शेर्पा, उनका सात महिनाका छोरा फुर्वा ल्होप्साङ शेर्पा र सोही नगरपालिका–९ की २९ वर्षीया रीना तामाङ रहेका छन् । स्थानीय डिमादावा शेर्पाको ढुङ्गा र माटोले बनेको घर पहिरोले बगाउँदा ल्हामु, उनका छोरा फुर्वा र रीनाको मृत्यु भएको हो । सोही घटनामा ६२ वर्षीया याङजी शेर्पा घाइते भएकी छिन् । उनको सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङस्थित वाङछु मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै पहिरोले घर बगाउँदा सोलुदूकुण्ड नगरपालिका–१० चैलुङकी ३३ वर्षीया कविता मगर र सोही ठाउँकी २४ वर्षीया रुपु मगरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए। लगातार परेको वर्षाका कारण चैलुङका टेकबहादुर मगरको ढुङ्गा माटोले बनेको काठको छानो भएको एकतले घर पहिरोले बगाउँदा कविता र रुपुको मृत्यु भएको हो ।

  • Related Posts

    जबरजस्ती करणीको अभियोगमा सुनसरीबाट एक जना पक्राउ

    २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी बराह्रक्षेत्र नगरपालिका-७ बस्ने ६४ वर्षीय प्रमानन्द पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।  पौडेलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी…

    पेस्तोलसहित एक जना कीर्तिपुरबाट पक्राउ

    चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान र गोली ४ राउण्ड सहित कीर्तिपुर नगरपालिका-२ बस्ने ३० वर्षीय केयुर पुरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी…

    पहिलो

    परराष्ट्रमन्त्री शर्मासँग अमेरिकी इन्डो-प्यासिफिक कमाण्ड प्रमुखबाट शिष्टाचार भेट

    • February 13, 2026
    • 21 views
    परराष्ट्रमन्त्री शर्मासँग अमेरिकी इन्डो-प्यासिफिक कमाण्ड प्रमुखबाट शिष्टाचार भेट

    बलिवुड निर्देशक विक्रम भट्ट दम्पतीलाई अदालतबाट जमानत

    • February 13, 2026
    • 22 views
    बलिवुड निर्देशक विक्रम भट्ट दम्पतीलाई अदालतबाट जमानत

    काँग्रेसले आइतबार चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गर्ने

    • February 13, 2026
    • 19 views
    काँग्रेसले आइतबार चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गर्ने

    प्रधानमन्त्री कार्कीको बंगलादेशमा निर्वाचन सम्पन्न भएकोमा बधाई, सहकार्य गर्ने प्रतिबद्धता

    • February 13, 2026
    • 23 views
    प्रधानमन्त्री कार्कीको बंगलादेशमा निर्वाचन सम्पन्न भएकोमा बधाई, सहकार्य गर्ने प्रतिबद्धता

    बंगलादेश प्रधानमन्त्री बन्ने निश्चित भएका तारिक रहमान को हुन् ?

    • February 13, 2026
    • 20 views
    बंगलादेश प्रधानमन्त्री बन्ने निश्चित भएका तारिक रहमान को हुन् ?

    जबरजस्ती करणीको अभियोगमा सुनसरीबाट एक जना पक्राउ

    • February 13, 2026
    • 21 views
    जबरजस्ती करणीको अभियोगमा सुनसरीबाट एक जना पक्राउ