सोविता गौतमको आक्रोश : यो तानाशाही सरकार ढाल्नैपर्छ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले पार्टीका नेता कार्यकर्तालाई आन्दोलन चर्काउन आआफ्नो तयारीमा लाग्न आह्वान गरेकी छन् । पार्टी सभापति रवि लामिछानेलाई हिरासतमा राख्न १० दिनको म्याद थप भएपछि आक्रोशित भइन् ।

पोखरामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो सरकारको षड्यन्त्र र तानाशाही प्रवृत्तिका विरुद्ध हामीले आन्दोलन छेड्नै पर्छ । तपाईंहरुलाई आह्वान गर्छु, देश विदेश जहाँ हुनुहुन्छ, यो सरकारको विरोध गर्न आउनुस् । यो सरकारको विरोध गर्नैपर्छ ।’ सांसद गौतमले जिल्ला जिल्लाबाट सरकारविरुद्ध आन्दोलनमा सहभागी हुन जे शक्ति छ, त्यो लिएर आउन आग्रह गरिन् ।

उनले थपिन्, ‘तपाईँहरूले जे शक्ति छ, त्यो लिएर आउनुस्, जे सक्नुहुन्छ, त्यो गर्नुस् । यो सरकारलाई भन्न चाहन्छु, यो आन्दोलनमा घटेको एउटा पनि घटनाको जिम्मा रास्वपाले लिँदैन । कसरी सक्नुहुन्छ हरेक जिल्लाबाट जागेर आउनुस्, अब अति भयो । यो एउटा पार्टीको आन्दोलन होइन । अहिलेको सरकारले नयाँ पुस्तालाई थुन्न खोजेको हो । त्यसका विरुद्ध हामी उठ्नुपर्छ ।’

उनले आन्दोलनको तयारीबारे पार्टीले थप रणनीति बनाउने भन्दै नेता कार्यकर्ता र समर्थकलाई पनि आआफ्नो ठाउँबाट आआफ्नो तयारीमा लाग्न आग्रह गरिन् ।

उनले अब यो आन्दोलन नरोकिने चेतावनी दिँदै प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध मुर्दावादको नाराबाजीसमेत गरिन् । यो तानाशाही सरकार ढल्नैपर्ने भन्दै उनले आक्रोश पोखिन् ।

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    • July 15, 2025
    • 108 views
    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 144 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 126 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 110 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 123 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 134 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-