
काठमाडौँ । स्टान्डर्ड चार्टर्ड बैंकले सेयर धनीका लागि लाभांश घोषणा गरेको छ ।
धनतेरस दिनकै अवसर पारेर बैंक सञ्चालक समिति बैठकले सेयर धनीलाई कुल २५.५ प्रतिशत लाभांश घोषणा गरेको हो । यो लाभांशमा करसहित १९ प्रतिशत नगद र ६.५ प्रतिशत सेयर बोनस रहेको कम्पनीले जनाएको छ ।
लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् । बैंकले गत आर्थिक वर्ष १९ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो । प्रायः नगद लाभांशलाई जोड दिँदै आएको बैंकले यस पटक बोनस सेयर समेत प्रदान गर्ने भएको हो ।