स्थानीयका माग १५ दिनमा पुरा गर्ने मन्त्री घिसिङको प्रतिबद्धता, फोहोरको अवरोध खुल्यो

काठमाडौँ । ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङले १५ दिनमा स्थानीयका माग पुरा गर्ने प्रतिबद्धता गरेपछि बञ्चरेडाँडा फोहर फाल्न दिन सहमति भएको छ ।

आइतबार बिहान मन्त्री घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटको अनुगमनपछि स्थानीयसँग छलफल गरेका थिए । छलफलमा स्थानीय जनप्रतिनिधि र नागरिकले यसअघि गरिएका सहमति कार्यान्वयन नगरिएकोले आफुहरुले अवरोध गर्न बाध्य भएको मन्त्री घिसिङसँग राखेका थिए ।

त्यसपछि घिसिङले १५ दिन भित्र यसअघि गरिएका सहमति कार्यान्वयन गर्ने तर अहिलेलाई फोहोर फाल्न दिन आग्रह गरेपछि स्थानीय सहमत भएका हुन् । सहमतिसँगै बञ्चरेडाँडामा फोहोर फाल्न शुरु गरिएको छ ।

ल्याण्डफिल साइट क्षेत्रका स्थानीयले २०७९ जेठ २६ गते भएको १८ बुँदै सम्झौता कार्यन्वयनमा संघीय सरकार र काठमाडौँ महानगरले चासो नदिएको भन्दै विगत चार दिनदेखि फोहोर फाल्न अवरोध गरेका थिए । 

  • Related Posts

    राष्ट्रिय परिचयपत्र भएकाले अनलाइन मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने

    काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र भएकाले अनलाइन मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था गरेको छ । आयोगले बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न सुरु…

    निवर्तमान महानिरीक्षक खापुङलाई विदेश भ्रमण जान रोक

    काठमाडौँ । निवर्तमान महानिरीक्षक चन्द्र कुवेर खापुङलाई विदेश भ्रमणमा रोक लगाइएको छ । भदौ २३ र २४ गतेको घटना सम्बन्धि जाँचबुझ आयोगले खापुङलाई आजदेखि लागु हुने गरि कुनै पनि समय…

    पहिलो

    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    • November 13, 2025
    • 70 views
    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    • November 13, 2025
    • 33 views
    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    • November 13, 2025
    • 18 views
    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    • November 13, 2025
    • 14 views
    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    • November 13, 2025
    • 18 views
    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह

    • November 13, 2025
    • 16 views
    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह