स्थापनाको चार दशकपछि विद्यालयको पक्की भवन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-१ खहरेमा रहेको सिद्ध आधारभूत विद्यालय स्थापना भएको चार दशकपछि पक्की भवन निर्माण भएको छ । विभिन्न निकायको अनुदान सहयोगमा तीन वटा कक्षा कोठा भवन निर्माण भएको हो । श्रमदानसहित कूल रु एक करोड ७७ हजार पाँच सय ३४ को लागतमा निर्माण भएका तीन वटा भवनमा आठ वटा कोठा रहेका प्रधानाध्यापक मोतिराज गौतमले जानकारी दिए ।

“विसं २०३९ मा खरको टहरामा सुरु गरिएको विद्यालय करिब करिब चार दशक कच्ची भवनमा सञ्चालन भएको थियो”, विद्यालयको स्थापनाकालदेखिनै त्यहाँ कार्यरत गौतमले भने, “चार दशक पुरानो भवन जीर्ण भएर पानी चुहिन थालेको थियो । भत्कने त्रास थियो ।” जग्गा व्यवस्थापन गरी नयाँ भवन निर्माण गरेपछि सुरक्षित र सहज रूपमा पठनपाठन हुने वातावरण सिर्जना भएको प्रअ गौतमले बताए ।

तत्कालीन राष्ट्रिय पुनः निर्माण प्राधिकरणको अनुदान र श्रमदान गरी कूल रु ८६ लाख ९१ हजार छ सयको लागतमा दुई तले चार कोठे भवन निर्माण भएको थियो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अनुदान सहयोगमा दुई/दुई कोठे एकतले भवन निर्माण भएको हो ।

कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा हाल एक सय ५० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कम्प्युटर प्रयोगशाला पनि रहेको छ । संविधानसभा सदस्य नवराज शर्मा, गण्डकी प्रदेशका पूर्वमन्त्री नरदेवी पुन र जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले भवनको आइतबार उद्घाटन गरेका थिए ।

भवन उद्घाटन समारोहमा विद्यालयका संस्थापक गङ्गबहादुर पुन, देवीप्रसाद आचार्य, दलमान पुन, पुरुषोत्तम शर्मा र पतिराम सिउथानीको नाम उल्लेखित शिलालेखको पनि अनावरण गरिएको थियो । संस्थापक आचार्यलाई सम्मान समेत गरिएको छ ।

पुस्तकालय र चमेना गृहका लागि थप दुई कोठा आवश्यक रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिङ सापकोटाले बताए । “बस्तीमाथि खनिएको सडकबाट आउने बाढी खेलमैदानमा पसेर दुःख दिने गरेको छ”, उन भने, “बाढी नियन्त्रण र कोठा थप गर्न गाउँपालिका, प्रदेश र संघीय सरकारका निकायमा प्रस्ताव गरेका छौँ ।”

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    “दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरुको भूमिका” बिषयक अन्तरक्रिया सम्पन्न-नेपाल लगायत दक्षिण एशियाका सयौं पत्रकार सम्मानित-

    • April 30, 2025
    • 44 views
    “दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरुको भूमिका” बिषयक अन्तरक्रिया सम्पन्न-नेपाल लगायत दक्षिण एशियाका सयौं पत्रकार सम्मानित-

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    • April 27, 2025
    • 27 views
    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    • April 27, 2025
    • 29 views
    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    उप प्रमुख आलम द्वारा वडा नं. १५ मा भैरहेको विभिन्न योजना को अनुगमन-

    • April 26, 2025
    • 44 views
    उप प्रमुख आलम द्वारा वडा नं. १५ मा भैरहेको विभिन्न योजना को अनुगमन-

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    • April 26, 2025
    • 20 views
    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    • April 26, 2025
    • 35 views
    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम