दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०९ साउन । मुलुकको आर्थिक नगरी तथा व्यापारिक केन्द्र वीरगञ्ज र पर्सा जिल्लाभरि झण्डै १ महीनादेखि चापाकल सुकेर खानेपानीको विकराल समस्या उत्पन्न भएको छ । यो समस्याले जनजीवन संकटग्रस्त अवस्थामा पुगेको हुँदा त्यसको उचित समाधानको विकल्पको रुपमा नेपाल खानेपानी संस्थान, बीरगंज केन्द्रबाट वितरण गरिने खानेपानीको नयाँ धारा सरल र सहज ढङ्कले जडान गर्न लगाई सहयोग गरिदिनु हुन समाज आग्रह गर्दछ ।

नेपाल खानेपानी संस्थान, वीरगञ्ज शाखाले वितरण गर्ने नयाँ धाराको जडान कार्य पहिले भन्दा छिटो र छरितो ढङगबाट गरी स्थानीय बासिन्दालाई खानेपानीको सुविधा उचित तवरले प्रदान गर्ने व्यवस्था मिलाई दिन पनि आग्रह गर्दछौं । खानेपानी संस्थानले उपलब्ध गराउँदै आएको धारामा समेत पानीको बहाव कम भएको र केही स्थानमा सेवा नियमित हुन नसकेको प्रति ध्यानाकर्षण गराउन चाहान्छौ ।

भूमिगत पानीको स्रोत सुकिरहेको अवस्थामा खानेपानीको समस्याको दीर्घकालीन समाधानका लागि खानेपानी संस्थानको सेवालाई द्रुत गतिमा विस्तार गर्नु नै सापेक्ष निकास हो । यस सम्बन्धमा वीरगञ्ज महानगरपालिकाले सकारात्मक पहल थालि सकेको अवस्थामा खानेपानीको स्थायी आपूर्तिका लागि तहगत सरकारसँग सहकार्य गरी प्रभावकारी कदम चाल्न हुन आग्रह गर्दछौं ।

अहिलेको संकटग्रस्त अवस्थाको निकासका लागि नेपाल खानेपानी संस्थान वीरगञ्ज शाखाको थप सक्रियता र सहयोग अपरिहार्य रहेको छ । नागरिकहरू पानीको समस्याले हाहाकारमा रहेको वर्तमान परिस्थितिमा नेपाल खानेपानी संस्थान वीरगञ्ज वितरण केन्द्रले प्रभावकारी भूमिका खेल्न सक्ने भएकाले सेवा उपभोग वापतको पुरानो बाँकी बक्यौताको हकमा लाईन काटिएका खानेपानीका धाराका लागि किस्ता बनाई पुनः जडानको व्यवस्था मिलाई दिनु हुन समाजका सभापति कृष्ण कुमार खनाल ले आग्रह समेत गरेका छन् । नगर तथा ग्रामीण क्षेत्रमा खानेपानीको पाइप विस्तार र पानीटंकीको निर्माणलाई गति दिन र त्यसका लागि स्रोत निश्चित गर्न स्वतन्त्र मानव अधिकार समाज केन्द्रीय कार्यालय वीरगञ्ज ध्यानाकर्षणका लागि आग्रह गर्दछ ।