स्वतन्त्र मानव अधिकार समाज द्वारा बीमनपा का ७ वटा विधालयहरु मा अनुगमन-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १४ भाद्र । स्वतन्त्र मानव अधिकार समाज केन्द्रिय कार्यालय, बीरगञ्जले चार दिन देखि नियमित रुपमा बीरगञ्जका बिभिन्न ७ वटा सामुदायीक विद्यालयहरुमा स्थलगत अनुगमन गरेको छ ।

अनुगमनको क्रममा विद्यालयहरुले बाल बिकास देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई दिइने नास्ताको विषयमा समाजको गम्भिर ध्यानाकर्षण भएको हुँदा अनुगमनलाई तिव्रता प्रदान गरेको छ । सो अवसरमा अनुगमनका क्रममा श्री रामचरण साह पन्नालाल माध्यमिक विद्यालय, आर्दशनगर र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नगवाले २०८१ साउन महिना देखि २०८१ भदौ १४ गते सम्ममा बालबालिकाहरुलाई प्रदान गर्नु पर्ने नास्ता वितरण नगरेको अवस्थामा श्री नेपाल रेल्वे माध्यमिक विद्यालयले, भने भदौ ९ गते देखि १४ गतेसम्म नास्ता वितरण नगरेको अवस्था कायमै रहेको छ ।

यसै क्रममा श्री ताराचन्द किशनलाल आधारभूत विद्यालयमा भदौ ९ गते देखि ११ गते सम्म नास्ता वितरण नगरिएको र १२ गते विस्कुट वितरण गरिएको थियो । अनुगमनका क्रममा श्री त्रिभुवन हनुमान माध्यमिक विद्यालय र श्री त्रिजुद्ध महाविर प्रसाद रघुविर राम माध्यमिक विद्यालय एवम् जे. पि. चर्तुबेदी स्कुलमा भने नास्ताको नियमित रुपमा वितरण गरिएको पाईएको छ ।

नास्ताका सम्बन्धमा बीरगञ्ज महानगरपालिकाले प्रत्येक सामुदायिक विद्यालयहरुलाई प्रति विद्यार्थी रु. १५/- का दरले नास्ताको रकम प्रदान गर्दै आईरहेको अवस्थामा विद्यालयहरुले मनलागे नास्ता दिने, नलागे नास्ता नदिने उजुरी स्वतन्त्र मानव अधिकार समाजको कार्यालयमा आएपछि समाजले अनुगमनलाई तिव्रता प्रदान गरेको र आउँदा दिनहरुमा पनि समाजले बाँकी अन्य सामुदायिक विद्यालयहरुमा अनुगमन गर्दै जाने नै छ, भने कुरा समाज का सभापति कृष्ण कुमार खनाल ले बताएका छन् ।

सोहि प्रकार समाजले बीरगञ्ज भन्सार क्षेत्रमा सशस्त्र प्रहरीको चेकजाँच विषयमा समेत स्थलगत रुपमा निरिक्षण गरेको छ । उक्त अवसरमा सामान्य रुपमा पनि घरायसी सामानहरुमा भन्सार क्षेत्रमा सशस्त्र प्रहरीको ठूलो हस्तक्षेप भएको ठम्मयाइ समाजले पाएको छ । चर्को घाममा नागरिकहरुसंग गरिनु पर्ने व्यवहारमा कठोरता नभइ सहजताका रुपमा सशस्त्र प्रहरीहरु प्रस्तुत हुनु पर्ने समाजको आग्रह रहेको छ । चेकजाँचको नाउँमा नागरिकहरुलाई अनाहक ढंगले दुःख नदिई सहजताको साथ गरिदिन समाज हार्दिक अनुरोध पनि गरेको छ ।

यसरी अनुगमन टोलीमा समाजका सभापति कृष्ण कुमार खनालको नेतृत्वमा, उपसभापति नन्दि किशोर यादव, महासचिव दिपक साह कानु, सचिव आशिष मिश्रा, कोषाध्यक्ष उर्मिला कुशवाहा, सहकोषाध्यक्ष रामभरोस यादव, केन्द्रिय सदस्य द्वय सोनालाल गुप्ता तथा विक्की सिंहको उपस्थिति रहेको थियो ।

  • Related Posts

    पर्सा प्रहरी द्वारा करोडौं मूल्य बराबरको Scientific Calculator र Hair Trimmer लोड रहेको तीन वटा मालबाहक ट्रक नियन्त्रण-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा शनिबार बिहान करिब ०६:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १४ स्थित गण्डक चोक…

    पर्सामा लाखौं मूल्य बराबरको मालबस्तुहरू सहित दुई वटा मालबाहक गाडीहरु पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २४ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा मातहतका वडा प्रहरी कार्यालय, बिर्ता र वडा प्रहरी कार्यालय, श्रीपुर ले विशेष सूचनाको आधारमा बुधबार बीरगंज महानगरपालिका…

    पहिलो

    पर्सा प्रहरी द्वारा करोडौं मूल्य बराबरको Scientific Calculator र Hair Trimmer लोड रहेको तीन वटा मालबाहक ट्रक नियन्त्रण-

    • February 9, 2025
    • 36 views
    पर्सा प्रहरी द्वारा करोडौं मूल्य बराबरको Scientific Calculator र Hair Trimmer लोड रहेको तीन वटा मालबाहक ट्रक नियन्त्रण-

    पर्सामा लाखौं मूल्य बराबरको मालबस्तुहरू सहित दुई वटा मालबाहक गाडीहरु पक्राउ-

    • February 6, 2025
    • 40 views
    पर्सामा लाखौं मूल्य बराबरको मालबस्तुहरू सहित दुई वटा मालबाहक गाडीहरु पक्राउ-

    पर्साको छिपहरमाई गाउँपालिकामा नि:शुल्क आँखा शिविर को समुद्घाटन सम्पन्न-सबै भन्दा ठूलो काम नै नि:शुल्क आँखाको शल्यक्रिया हो- अध्यक्ष गुप्ता

    • February 5, 2025
    • 46 views
    पर्साको छिपहरमाई गाउँपालिकामा नि:शुल्क आँखा शिविर को समुद्घाटन सम्पन्न-सबै भन्दा ठूलो काम नै नि:शुल्क आँखाको शल्यक्रिया हो- अध्यक्ष गुप्ता

    पर्सा मा श्रोत नखुलेको सात लाख नगद सहित साह पक्राउ-

    • February 5, 2025
    • 64 views
    पर्सा मा श्रोत नखुलेको सात लाख नगद सहित साह पक्राउ-

    जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) को घोषणा, नेपाली सिनेमा विश्वमञ्चतर्फ अघि बढ्दै-

    • February 4, 2025
    • 43 views
    जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) को घोषणा, नेपाली सिनेमा विश्वमञ्चतर्फ अघि बढ्दै-

    पर्सा प्रहरी द्वारा लाखौं मूल्य बराबरको विभिन्न मालबस्तुहरू पक्राउ-

    • February 4, 2025
    • 27 views
    पर्सा प्रहरी द्वारा लाखौं मूल्य बराबरको विभिन्न मालबस्तुहरू पक्राउ-