वीरगंज, ०३ बैशाख । हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा विशाल शोभा यात्रा निकालिएको छ । शोभा यात्राका क्रममा वीरगञ्जको नगर परिक्रमा गरिएको छ । चैत शुक्ल पुर्णिमाका दिन मनाइने हनुमान जयन्तिको अवसरमा निकालिएको शोभा यात्रामा हजारौंको उपस्थिती रहेको थियो । मर्यादा पुरुषोत्तम श्रीराम भक्त हनुमानको आजैको दिन माता अञ्जलीको कोखबाट जन्म भएको सम्झनामा चैत पुर्णिमाको दिन हनुमान जयन्ती मनाउने परम्परा रहेको छ । वीरगञ्जमा बृहत झाँकीसहित निकालिएको बिशाल शोभा यात्रामा विभिन्न राजनीतिक दलका प्रतिनीधि, स्थानीय जनप्रतिनीधि, नेता, कार्यकर्ता, समाजसेवी, बुद्धिजिवी, हिन्दुबादी संघ संस्थाका प्रतिनीधिहरु, युवा, विद्यार्थी तथा महिला लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।