हमासका दोस्रो कमान्डर मारेको इजरायलको दाबी

काठमाडौँ । इजरायले हमासका दोस्रो कमान्डर राएद सईद मारेको दाबी गरेको छ । इजरायली सेनाले शनिबार गाजा शहरमा एउटा कारलाई निशाना बनाएको दाबी गरेको छ । यद्यपि, हमासले अहिलेसम्म आधिकारिक रूपमा राएद सईदको मृत्युको पुष्टि गरेको छैन ।

राएद हमास अल-कासिम ब्रिगेडका प्रमुख कमाण्डर थिए । अल जजीराका अनुसार, सईदले हमासको हतियार उत्पादन नेटवर्कको नेतृत्व गर्थे र अक्टोबर २०२३ मा इजरायलमा भएको आक्रमणको षड्यन्त्रमा संलग्न थिए ।

हमासले भने राएद गाजा शहर बटालियनका पूर्व प्रमुख भएको बताएको छ । इजरायलले युद्धविरामको बावजुद सईदले हमासको क्षमतालाई पुन: बलियो बनाउन र हतियार निर्माण गर्न काम गरिरहेको आरोप लगाएको छ, जुन सम्झौताको उल्लङ्घन हो ।

हमासले इजरायली सैनिकमाथि आक्रमण गरेपछि यो आक्रमण भएको हो । आक्रमणमा दुई इजरायली सैनिक घाइते भएका थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले पछि सईदलाई लक्षित गर्ने आदेश दिएका थिए ।

इजरायल डिफेन्स फोर्सेसले सईद गाजा शहरको पश्चिमी भागमा यात्रा गरिरहेको वास्तविक समयको गुप्तचर सूचना प्राप्त भएपछि उनीमाथि आक्रमण गरेको बताएको छ । अरब गुप्तचर अधिकारीहरूका अनुसार, रईद विगत दुई वर्षदेखि गाजा शहर मुनि रहेको हमासको सुरुङमा लुकेर बसेका थिए ।

हमासले इजरायली ड्रोनले एक नागरिक सवारी साधनलाई निशाना बनाएको बताएको छ। अर्कोतर्फ, हमासले सईदको मृत्युको पुष्टि गरेको छैन । संगठनले गाजा शहरको पश्चिममा रहेको नाबुलसी जंक्शन नजिकै एक इजरायली ड्रोनले एक नागरिक सवारी साधनलाई निशाना बनाएको बताएको छ । गाजा स्वास्थ्य अधिकारीहरूका अनुसार, आक्रमणमा पाँच जनाको मृत्यु भएको छ र २५ जना घाइते भएका छन् ।

  • Related Posts

    आठ युरोपेली देशको ग्रीनल्याण्डमा संयुक्त सैन्य अभ्यास

    ग्रिनल्याण्डलाई समर्थन गर्ने आठ युरोपेली देशहरूले संयुक्त सैन्य अभ्यास गरेका छन् । डेनिस विदेश मन्त्रालयले संयुक्त विज्ञप्ति जारी गर्दै यो घोषणा गरेको छ। डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स, नर्वे, स्वीडेन…

    दक्षिणी स्पेनमा दुई उच्च गतिका रेल ठोक्किदा कम्तिमा २१ जनाको मृत्यु

    दक्षिणी स्पेनमा दुई उच्च गतिका रेलहरू ठोक्किँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्। रेल नेटवर्क अपरेटर एडीआईएफले कर्डोबा शहर नजिकैको आदामुज शहर नजिकै दुर्घटना…

    पहिलो

    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    • January 19, 2026
    • 24 views
    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    झापा पुगे ओली

    • January 19, 2026
    • 13 views
    झापा पुगे ओली

    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    • January 19, 2026
    • 32 views
    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    • January 19, 2026
    • 14 views
    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    • January 19, 2026
    • 2 views
    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट

    • January 19, 2026
    • 11 views
    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट