
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १६ श्रावण । हरि खेतान बहुमुखी क्याम्पस, बिरगंजको कानुन संकायको अध्ययनको लागि नमुना इजलासको समुद्घाटन आज एक कार्यक्रमको बिच सम्पन्न भएको छ ।
त्रिभुवन बिश्व विधालय कानुन संकायका डिन प्रा. डा. कृष्ण प्रसाद बस्यालको प्रमुख अतिथ्यमा सुसम्पन्न समुद्घाटन कार्यक्रम मा बोल्दै उहाँले भन्नु भयो- यस्तो किसिमको नमुना इजलास राख्ने नेपालको पहिलो नेपाल ल क्याम्पस, दोश्रो नेपालगञ्ज को महेन्द्र क्याम्पस जुन अहिले सम्म समुद्घाटन हुन सकेको छैन् तथा तेश्रो मा हरि खेतान क्याम्पस जुन मधेश प्रदेश कै पहिलो नम्बरमा पर्न सफल भएको देखिन्छ । यस क्याम्पसको कानुन संकाय को स्तरोन्नति को लागि आफु सधै त्यार रहेको कुरा पनि बताएका छन् ।

यसै गरी २०३८ साल देखि संचालनमा रहेको यस क्याम्पसले २०४३ साल देखि ल को पठनपाठन शुरु गरेर हालसम्म निरन्तरता दिएको कुरा हरि खेतान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख किशोरी राय ले प्रमुख अतिथिलाई अवगत गराउँदै बीए एल एल बी को लागि ब्यवस्थापन गराई दिनु हुन अनुरोध समेत गरेका छन् । साथै यस क्याम्पसमा सबै संकायको गरेर ४ हजार ५ सय विद्यार्थीहरु रहेको तथा कानुन संकाय मा छात्राको सहभागिता पनि छात्र सरह नै रहेको जानकारी समेत गराएका थिए ।
सोही अवसरमा HKMC Research Vision Journal नामक पुस्तक को बिमोचन पनि गरिएको छ जुन त्यस क्याम्पस मा पठनपाठन गर्ने बिधार्थीहरुको लागि अझ प्रेरणा को श्रोत बन्ने समारोह मा सहभागि सहायक क्याम्पस प्रमुख लक्ष्मण बहादुर कुँवरले बताएका छन् ।

उक्त समारोहको अध्यक्षता क्याम्पस प्रमुख किशोरी राय ले गरेका थिए भने स्वागत मन्तब्य क्याम्पसका कानुन संकाय का सह प्राध्यापक रामाशिष यादवले दिएका थिए तथा क्याम्पस संचालक समितिका संस्थापक सदस्य डा. राम अवतार खेतान, सल्लाहकार प्रकाश खेतान, यस क्याम्पसमा कानुन संकाय मा अध्ययन गरि नेपाल ल क्याम्पसका पूर्व सह क्याम्पस प्रमुख बिजय जयसवाल लगायत पत्रकार, बिधार्थी तथा शिक्षक कर्मचारीको सहभागिता रहेको थियो ।