हालसम्म २३ अर्ब २२ करोडको बीमा दाबि, डेढ अर्ब मात्र भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौं २३ र २४ गतेको प्रदर्शनका क्रममा भौतिक संरचनामा भएको क्षतिको २३ अर्ब २२ करोड ८७ लाख बराबरको बिमा दाबी परेको छ ।

नेपाल बीमा प्राधिकरणले सार्बजनिक गरेको असोज २३ गतेसम्मको विवरण अनुसार सो दाबि गरेको हो । जसमा अहिलेसम्म विभिन्न बीमा कम्पनिहरुले एक अर्ब ५८ करोड ५६ लाख भुक्तानी गरेको प्राधिकरणले जनाएको छ । यस अनुसार दाबि परेको रकमको केवल ६.८२ प्रतिशत मात्र अहिलेसम्म भुक्तानी भएको छ । 

२३ असोजसम्म भएको दाबी भुक्तानीमध्ये सबैभन्दा बढी १ अर्ब ३२ करोड ७२ लाख सम्पत्ति बीमा (घरसम्पत्ति) अन्तर्गतको रहेको छ । सम्पत्ति बीमामा सबैभन्दा बढी १९ अर्ब ६ करोड ७६ लाख दाबि परेको छ ।  त्यस्तै मोटर बीमामा ३ अर्ब ४१ करोड ६ लाख दाबि परेकोमा २४ करोड ९१ लाख मात्र अहिलेसम्म भुक्तानी भएकोछ ।   

भुक्तानी भएकामध्ये पनि धेरै रकम पेस्कीबापत दिइएको बिमा कम्पनीहरूले उल्लेख गरेका छन् ।  गत २३ र २४ भदौको प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिमा परेको बिमा दाबीमध्ये साना प्रकृतिका सबै दाबी तिहारसम्म भुक्तानी दिइसक्ने नेपाल बिमक संघले यसअघि नै बताइसकेको छ । बिहीबारसम्म बिमा कम्पनीहरूमा ३ हजार ९९ वटा दाबी परेका छन् । तीमध्ये दुई हजारभन्दा बढी दाबी साना प्रकृति (दुई करोडभन्दा कमका) रहेको र तिनको भुक्तानी आउँदो तिहारसम्म गरिसक्ने बताइएको छ ।

जेनजी आन्दोलनका क्रममा करिब ८० अर्ब बराबरको क्षति भएको नेपाल उद्योग वाणिज्य संघको प्रारम्भिक अनुमान रहेपनि क्षतिको २० देखि २५ प्रतिशत मात्र बिमा भएको देखिएको छ । 

  • Related Posts

    सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको १४ सयले घटेर तोलाको २ लाख ३८ हजार ३ सयमा…

    नेप्सेमा सामान्य गिरावट, ६ अर्ब ५ करोडको कारोबार

    काठमाडौँ । नेप्सेमा सामान्य गिरावट आएको छ । सोमबार नेप्से ८.२४ अंकले घटेर २६२२. ८९ विन्दुमा पुगेर रोकिएको छ । आज ३३३ कम्पनिका एक करोड २१ लाख ८५ हजार ३८८…

    पहिलो

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    • November 8, 2025
    • 37 views
    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    • November 8, 2025
    • 19 views
    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    • November 8, 2025
    • 26 views
    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    • November 8, 2025
    • 30 views
    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    • November 8, 2025
    • 23 views
    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

    • November 8, 2025
    • 33 views
    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट