हिलारी स्कुलमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्नः

विष्णुप्रसाद तिमल्सिना ।

काठमाडौँ, मङ्सिर-२१ गते शुक्रबार । काठमाडौँ महानगरपालिका वडा नं.-७ गौरीघाट स्थित गौरीनगरमा अवस्थित हिलारी इङ्लिश हाईस्कुलले आफ्नै प्रांङ्गणमा नि:शुल्क स्वास्थ्य शिविर बृहत रूपमा सम्पन्न गरेको छ । काठमाडौँ मेडिकल कलेज सिनामंङ्गलको प्राविधिक सहयोग तथा नवजागरुक युवा क्लब, गौरीनगर सुधार समितिको सह-संयोजन, लाइफलाइन हेल्थ होम केयर प्रा.लि. पुल्चोक ललितपुर र लियो क्लव अफ काठमाडौं टिचर्सले विशेष सहयोगी भूमिका निर्वाह गरेका थिए ।

शिविरमा सामान्य चिकित्सा, हाडजोर्नी तथा नसा, सामान्य शल्यक्रिया, आँखा परीक्षण तथा उपचार, नाक, कान, घाँटी, प्रसुति तथा स्त्री रोग, बाल रोग, छाला रोग, दन्त सेवा, भिडियो एक्स–रे र ल्याबटेष्टलगायतका सेवाहरू प्रदान गरिएको थियो ।

विद्यालयका विद्यार्थी– अभिभावक, स्थानीय समुदायहरूलाई लक्षित गरी स्वास्थ्य शिविर आयोजना गरिएको कुरा हिलारी इङ्लिश हाईस्कुलका प्रधानाध्यापक लालकुमार चाम्लिङ राईले बताउनुभयो ।

हिलारी इङ्लिश हाईस्कुल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक शर्माको सभापतित्व तथा बागमती प्रदेश सभासद् माननीय श्रीराम लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं.-८ का महिला वडा सदस्य सरस्वती राजभण्डारी, काठमाडौँ महानगरपालिका वडा नं.-७ मैजुवहाल शहरी स्वाथ्य प्रवर्दन केन्द्र मेडिकल अधिकृत स्वास्थ्य प्रमुख सुभाशिनी कर्माचार्य, सामुदायिक सेवा समाज मैजुबहालका बरिष्ठ उपाध्यक्ष बिनु खत्रि क्षेत्री, नव जागरुक युवा क्लबका अध्यक्ष अमृत जंग थापा, गौरीनगर सुधार समितिका अध्यक्ष सूर्य बहादुर श्रेष्ठ, लाइफ लाइन हेल्थ होम केयर प्रा.लि.पूलचोक ललितपुरका निर्देशक समिर जोशीलगायतको आतिथ्यता रहेको उक्त स्वास्थ्य शिविरको संयोजन जीवनरेखा समाज ललितपुरका सदस्य श्री हरिभक्त महर्जनले गर्नु भएको थियो । उक्त शिविरबाट ४५३ जनाले विभिन्न प्रकारका स्वास्थ्य सेवा सुविधाहरू लिएको कुरा संयोजक हरिभक्त महर्जनले बताउनुभयो ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    • May 20, 2025
    • 107 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    • May 19, 2025
    • 137 views
    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    • May 18, 2025
    • 101 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    • May 15, 2025
    • 95 views
    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर  नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    • May 15, 2025
    • 121 views
    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-

    • May 15, 2025
    • 89 views
    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-