सुमन सुवेदी

काठमाडौँ, मङ्सिर २७ गते । हेडस नेपालको एघारौँ अधिवेसन तथा ३० औँ वार्षिक सभाबाट दिलिप देवकोटा अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । गत शनिवार सामाखुशीस्थित साउथवस्र्टन कलेजको सभाहलमा सम्पन्न भेलाले अध्यक्ष दिलीप देबकोटाको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा वरिष्ठ उपाध्यक्ष गणेशमान श्रेष्ठ , उपाध्यक्ष सन्तमान श्रेष्ठ, महासचिव दिब्यराज पौडेल , सचिव पुष्पान्जलि खनाल, कोषाध्यक्ष सोबिता नेपाल , सहकोषाध्यक्ष लक्ष्मीश्वर देबकोटा रहेका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः गणेश बहादुर संग्रौला , केसब बर्तौला , मदन कुमार जोशी, कृष्ण लामिछाने , शान्ति न्यौपाने , शान्ति लामा, भेषबहादुर शाह र दुई सदस्य अध्यक्षबाट मनोनीत गरी हुनेछ ।
निवर्तमान अध्यक्ष ईश्वर चन्द्र बानियाँले नयाँ निर्वाचित कार्यसमितिलाई बधाई दिँदै हेड्सको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । निर्वाचित भएपश्चात् अध्यक्ष देवकोटाले आफ्नो परोपकारको सिद्दान्त, मिसन , भिजन र डेस्टिनेसनप्रति सदैवका साथ लागि पर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
हेड्स नेपालले अरु देशसँग मागेर होइन सदस्यहरुबाटै थोरथोर सहयोगको जोहो गरेर समाजसेवा गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको र यसमा लाखौँ लाख सदस्य बनेर सवैले सानातिना योग्दान निरन्तर नियमित गरी रहने संस्कार, संस्कृति र पद्दती, दर्शन निर्माण गर्यौा भने दुनियाँको सेवामा सदावहार समर्पित भैरहन सकिन्छ भन्ने सिद्धान्तमा अडिक रही ३१ वर्षको यात्रा तय गरिरहेको छ ।
विशेषगरी नेपालको शान– मान– स्वाभिमानलाई निरन्तर उचाइमा पुर्याउँदै अन्तर्राष्ट्रिय जगतमा समेत नेपालीहरु विदेशी डोनरको मात्र भर पर्दैनन् स्वतःस्फूर्त रुपमा आफू पनि डोनेशन गरी अभाव, आकस्मिकता र विपत्तीमा जनसमुदायको असल मित्रको रुपमा उपकारी कर्ममा लागिपरेको छन् भन्ने मर्मलाई समेत यस संस्थाका अभियानले स्थापित गरेको हेड्स नेपालका संस्थापक अध्यक्ष प्रदीपराज वन्तले बताए ।


उनले भने – युवा पुस्ता पैसामुखी हुँदै गइरहेको परिवेभमा परोपकारी र सहयोगको भावना जागृत गराउँदै आफन्त, कुटुम्बहरुलाई हामी आफ्नो कमाइको ५–१० प्रतिशन दान गरी पुण्यकर्ममा लाग्न प्रेरित गर्ने गरेका छौँ । म त भन्छु –‘मेरा सन्तान मध्ये अंशियार प्यारो कान्छो सन्तानको रुपमा हेड्स नेपाललाई स्वीकार गरेको छु ।’ सबैलाई हेड्स नेपाललाई मैले जस्तै सन्तानका रुपमा स्वीकार गरी सकेको सहयोग गर्न अनुरोध पनि गर्दछु ।